close

औपचारिक रुपमा सुरु भयो ‘नेपालपे क्यूआर’, के के छन् विशेषता ?

टेकपाना टेकपाना

फागुन २७, २०७८ १४:१९

औपचारिक रुपमा सुरु भयो ‘नेपालपे क्यूआर’, के के छन् विशेषता ?

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यूआरको औपचारिक सुरुवात भएको छ ।

एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर स्ट्याण्डराइजेसन एन्ड गाइडलाइन्स (नेपाल क्यूआर मापदण्ड तथा मार्गदर्शन) अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो ।

योसँगै अब नेपाल सरकारको राजस्व भुक्तानी समेत क्यूआरबाट गर्न मिल्ने व्यवस्था गरिएको छ ।

हाल उपलब्ध पेमेन्ट गेटवेमा समेत नेपालपे क्यूआर थप गरिएको छ, जसअन्तर्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंक, वालेट, कनेक्ट आईपीएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ ।

हालसम्म हिमालय बैंक, सानिमा बैंक,, समृद्धि फाइनान्स, कनेक्ट आईपीएस लगायतका मोबाइल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिनेछ ।

यी सबै एपहरूको हाल कूल १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन्, जसले सोझै यो सेवा प्राप्त गर्न सक्दछन् ।

नेपालपे क्यूआरको पूर्वाधारमा हिमालय बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक र समृद्धि फाइनान्स मार्फत क्यूआर अक्वायरको कार्य पनि सुरु भइसकेको छ ।

हिमालयन बैंक र फोकसवान सोलुसन्सबीच भने मर्चेन्ट स्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था मिलाएको छ ।

यसअन्तर्गत एउटै क्यूआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलपे, नेपालपे क्यूआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ ।

हाल उक्त बैंक/वित्तीय संस्था र पीएसपीले नेपालपे क्यूआरमा पाँच हजारभन्दा बढी मर्चेन्टहरु आवद्ध गरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२