close

एक लाख पुगे डिशहोमका इन्टरनेट प्रयोगकर्ता

टेकपाना टेकपाना

फागुन २७, २०७८ १७:४८

एक लाख पुगे डिशहोमका इन्टरनेट प्रयोगकर्ता

काठमाडौं । डिशहोम फाइबरनेटका इन्टरनेट प्रयोगकर्ता एक लाख पुगेका छन् । कम्पनीले दुई वर्षअघि मात्रै अनुमति लिई सेवा सुरु गरेको हो । डिशहोमले पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गर्दै आएको छ ।

यही क्रममा हाल डिशहोम फाइबरनेट देशका प्रमुख सहरमा उपलब्ध भइसकेको छ । इन्टरनेट विस्तारसँगै बिक्रीपछिको सेवामा समेत ध्यान दिँदै आएको कम्पनीले चाँडै देशका अन्य स्थानमा समेत सेवा विस्तार गर्ने जनाएको छ ।

कम्पनीले हाल फाइबरनेट अन्तर्गत सिक्सजी राउटर सहित ३०० र ६०० एमबीपीएसको प्याकेज पनि उपलब्ध गराएको छ । साना प्याकेज आवश्यक पर्ने ग्राहकका लागि पनि सोही अनुरूप सेवा उपलब्ध गराउँदै आएको छ ।

साथै कम्पनीले डीटीएच सेवा जडान गर्ने ग्राहकलाई १० एमबीपीएस इन्टरनेट निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२