close

रूसी सेना विरुद्ध पोस्ट गर्न फेसबुकको अनुमति 

टेकपाना टेकपाना

फागुन २८, २०७८ १२:३६

रूसी सेना विरुद्ध पोस्ट गर्न फेसबुकको अनुमति 

काठमाडौं । सामान्यतया सामाजिक सञ्जालहरूमा कुनै घृणा फैलाउने तथा कसैलाई गाली बेइज्जती गर्ने भाषा प्रयोग गरेर कुनै पोस्ट राख्न पाइँदैन । तर जारी रुस र युक्रेनबीचकाे युद्धमा रुस विरुद्ध सामग्रीहरू पोस्ट गर्न फेसबुक र इन्स्टाग्रामले अनुमति दिने भएका छन् ।

केही देशका फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले रुसी सेनालाई हानी हुने अथवा मृत्यु लगायतका विषयमा सामग्री पोस्ट गर्न पाउने भएका छन् ।

कम्पनीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन वा बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को र उनीहरूका सेनाकाे मृत्युका पोस्टहरूलाई अनुमति दिइनेछ ।

यद्यपि यस्ता पोस्टहरूमा अरूलाई धम्की लगायतका कुराहरु भने समावेश गर्न पाइने छैन । द भर्जलाई पठाइएको एक विज्ञप्तिमा मेटाका प्रवक्ता एन्डी स्टोनले भनेका छन् कि प्रयोगकर्ताले ‘रुसीलाई मृत्यु’ अथवा ‘पुटिनलाई मृत्यु’ लगायतका कुराहरू पोस्ट गर्न पाउनेछन् ।

यद्यपि अन्य नियमहरू भने उल्लंघन गर्न पाउने छैनन् ।

न्यू योर्क टाइम्सले यो नीति युक्रेन, रूस, पोल्याण्ड, लातभिया, लिथुआनिया, इस्टोनिया, स्लोभाकिया, हंगेरी र रोमानियाबाट सेवा प्रयोग गर्ने व्यक्तिमा लागू हुने पुष्टि गरेको छ। 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२