close

सामसङ ग्यालेक्सी एस२२ अल्ट्राले राख्यो गिनिज वर्ल्ड रेकर्डमा नाम

टेकपाना टेकपाना

फागुन २९, २०७८ ९:४७

सामसङ ग्यालेक्सी एस२२ अल्ट्राले राख्यो गिनिज वर्ल्ड रेकर्डमा नाम

काठमाडौं । सामसङले गिनिज वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमान राखेको छ । कम्पनीले हालै भारतमा #इपिकअनबक्सिङ इभेन्ट आयोजना गर्दै एकै समयमा धेरै ठाउँमा धेरै प्रयोगकर्ताले स्मार्टफोन अनबक्सिङ गर्ने रेकर्डमा आफ्नो नाम लेखाएको हो ।

यसका लागि कम्पनीको पछिल्लो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२२ प्रि-अर्डर गर्ने १७ सहरका १८२० जना प्रयोगकर्तालाई सहभागी गराइएको थियो ।

ती सबै प्रयोगकर्ताले आ-आफ्नो सहरमा एकैपटक एस२२ अल्ट्राको अनबक्सिङ गरेका थिए । अनबक्सिङ इभेन्टमा सहभागी प्रयोगकर्तालाई सामसङले ग्यालेक्सी वाच फोर र ग्यालेक्सी २ समेत उपहार दिएको छ ।

भारतमा गत शुक्रबारदेखि यो स्मार्टफोनको आधिकारिक बिक्री सुरू भएको छ । यसअघि साओमीले सन् २०१९ मा ७०३ व्यक्तिले एकैसाथ स्मार्टफोन अनबक्सिङ गरेको रेकर्ड राखेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२