close

निःशुल्क इन्डक्सन चुलोका लागि साढे ७ हजार विद्यार्थीले दिए आवेदन

टेकपाना टेकपाना

फागुन २९, २०७८ १०:३६

निःशुल्क इन्डक्सन चुलोका लागि साढे ७ हजार विद्यार्थीले दिए आवेदन

काठमाडौं । सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्दैछ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क यस्तो चुलो वितरण गर्न लागेको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत वितरण हुने निःशुल्क विद्युतीय चुलोका लागि सात हजार ५५० जनाको आवेदन परेको छ ।

काठमाडौँका सरकारी तथा सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीलाई यस्तो चुलो वितरण गर्न गत फागुन ९ गतेदेखि फागुन २५ गतेसम्म आवेदन माग गरिएको थियो ।

आयातित एलपी ग्यासको खपत घटाउने र विद्युतीय चुलो प्रयोग गर्न सचेतना विस्तार गर्ने सरकारको सोचलाई कार्यान्वयन गर्न यस्तो कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ ।

आएका आवदेन अध्ययन गरेर योग्य देखिएका सबैलाई वितरण गर्ने केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार चालू आर्थिक वर्षभित्र योग्य आवेदकलाई विद्युतीय चुलो वितरण गरिनेछ ।

यो पनि पढ्नुहोस्: कस्तो इन्डक्सन चुलो किन्ने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२