close

ह्वावेका दुई ल्यापटप नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

फागुन २९, २०७८ १५:४४

ह्वावेका दुई ल्यापटप नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा ह्वावेका दुई नयाँ ल्यापटप सार्वजनिक भएको छ । ह्वावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोबिलिटीले ‘ह्वावे मेटबुक डी१५’ र ‘ह्वावे मेटबुक १४’ बजारमा ल्याएको हो ।

एक वर्षकाे वारेन्टी रहेका यी दुवै ल्यापटपमा इलेभेन्थ जेन इन्टेल कोर आईफाइभ प्रोसेसर र इन्टेल आइरिस एक्सई ग्राफिक्स छ ।

नेपाली बजारमा ‘मेटबुक डी१५’ को मूल्य एक लाख नौ हजार ९९० रूपैयाँ र ‘मेटबुक १४’ को मूल्य एक लाख ४८ हजार ९९० रूपैयाँ तोकिएको छ ।

ह्वावेका नेपालस्थित आधिकारिक स्टोर र अनलाइन शपिङ प्लेटफर्म दराजबाट यी ल्यापटप गरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ह्वावे मेटबुक डी१५
विन्डाेज ११ मा चल्ने यो ल्यापटपमा १५.६ इन्चको फुल एचडी आईपीएस डिस्प्ले छ । ल्यापटपको बडी डिजाइन आल्मुनियम मिश्रित धातुबाट बनाइएको छ ।

१६.९ एमएम पातलो रहेको ल्यापटपमा फिङ्गरप्रिन्ट पावर बटन छ । त्यस्तै ल्यापटपमा ७२०पी एचडी क्यामेरा, फुल साइज कीबोर्ड र टचप्याड, ८ जीबी मेमोरी, ५१२ जीबी स्टोरेज लगायतका विशेषता छन् ।

त्यस्तै दुई स्पिकर र चार माइक्रोफोनको सुविधा छ । ल्यापटपमा भएकाे ‘ह्वावे शेयर’ फिचर प्रयोग गरी ह्वावेका ल्यापटप, स्मार्टफोन लगायतमा सजिलै फाइल ट्रान्सफर गर्न सकिन्छ ।

कनेक्टिभिटीका लागि यो ल्यापटपले वाई-फाई सिक्स र ब्लुटुथ ५.१ सपोर्ट गर्छ । ६५ वाटको यूएसबी टाइप-सी चार्जरसहित उपलब्ध ल्यापटपमा ४२ वाट आवर क्षमताको ब्याट्री दिइएको छ ।

ह्वावे मेटबुक १४
विन्डाेज १० हाेममा चल्ने २०२१ संस्करणकाे ह्वावे मेटबुक १४ मा १४ इन्चकाे आईपीएस डिस्प्ले छ । १.४९ केजी तौल रहेको यो ल्यापटपमा पनि फिङ्गरप्रिन्ट पावर बटन सुविधा छ ।

यसमा पनि ७२०पी एचडी रिसेस्ड क्यामेरा, फुल साइज ब्याककिट चिकलेट किबोर्ड र मल्टिटच सहितको टचप्याड रहेको छ ।

प्रयोगकर्ताले ८ जीबी मेमोरी र ५१२ जीबी स्टोरेज भेरियन्टमा यो मेटबुक किन्न सक्नेछन् । कनेक्टिभिटीका लागि यो ल्यापटपले वाई-फाई सिक्स र ब्लुटुथ ५.१ सपोर्ट गर्छ ।

याे ल्यापटपमा पनि दुई स्पिकर र चार माइक्रोफोनको सुविधा छ । ल्यापटपमा भएकाे ‘ह्वावे शेयर’ फिचर प्रयोग गरी ह्वावेका ल्यापटप, स्मार्टफोन लगायतमा सजिलै फाइल ट्रान्सफर गर्न सकिने बताइएकाे छ ।

त्यस्तै कम्पनीले यो ल्यापटपमा ५६ वाट आवर क्षमताको ब्याट्री दिएको छ । कम्पनीले एक पटकको चार्जमा ११ घण्टासम्म फुल एचडी भिडिओ हेर्न सकिने दाबी गरेको छ । यो ल्यापटप ६५ वाटको यूएसबी टाइपसी चार्जर सहित आउँछ ।

Huawei MateBook 14 2021, i5-1135G7 - Notebookcheck.net External Reviews

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२