close

विपद् व्यवस्थापनमा उत्कृष्ट आइडिया दिने १० जनालाई तालिम र लगानीको अवसर

टेकपाना टेकपाना

फागुन २९, २०७८ १९:१०

विपद् व्यवस्थापनमा उत्कृष्ट आइडिया दिने १० जनालाई तालिम र लगानीको अवसर

काठमाडौं । यूएसएड नेपाल र तयार नेपालको संयुक्त आयोजनामा प्राइभेट सेक्टर इनोभेसन च्यालेन्ज (पीएसआईसी) हुने भएको छ ।

विपद् व्यवस्थापमा दिगो समाधान दिनसक्ने इनाेभेटिभ बिजनेश/आइडियालाई सहयोग गर्ने भन्दै यो च्यालेन्ज आयोजना हुन लागेको हो । यसका लागि स्टार्टअप वा व्यवसाय सञ्चालन गरिरहेका जोकोहीले आवेदन दिनसक्ने बताइएको छ ।

कूल आवेदनमध्ये उत्कृष्ट १० बिजनेश/आइडियालाई बुटक्याम्पमा सहभागी गराइने छ । बुटक्याम्पमा छनौटमा पर्ने १० आइडियालाई व्यवसायिक तालिमका र लगानी उपलब्ध गराइने आयोजकले जनाएको छ ।

साथै पाँच दिने बुटक्याम्पसमा सहभागी हुने प्रत्येकले सात लाख रुपैयाँ बराबरको यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) समेत पाउनेछन् । यो बीमा सुविधा बुटक्याम्प सुरु भएको १५ दिनसम्म वैध हुनेछ ।

इच्छुकले यहाँ क्लिक गरी आगामी चैत ७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२