close

शैक्षिक क्षेत्रमा प्रविधिको महत्त्व बुझाउँदै वेद

टेकपाना टेकपाना

फागुन ३०, २०७८ १७:३३

शैक्षिक क्षेत्रमा प्रविधिको महत्त्व बुझाउँदै वेद

चितवन । विद्यालय र क्याम्पसमा डिजिटल लर्निङ प्लेटफर्म वेद उपलब्ध गराउँदै इनग्रेल्स प्रालिले ‘शिक्षाको पुनर्कल्पना: शैक्षिक क्षेत्रको चुनौती निवारणमा प्रविधिको भूमिका’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

ई-सेवा प्रालि र वर्ल्डलिंक कम्युनिकेशन्स प्रालिको प्रायोजनमा सम्पन्न कार्यक्रममा जिल्लाभरका दुई सय ५० वटा विद्यालय तथा कलेजका प्रधानाध्यापक र शिक्षकबीच प्रविधि र शिक्षाको विषयमा छलफल गरिएको इनग्रेल्सले जनाएको छ ।

योसँगै वेदले चितवनमा काठमाडौं बाहिर आफ्नो पहिलो शाखा चितवनमा विस्तार गर्दै शिक्षा र प्रविधिको विषयमा आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेको हो ।

यही अवसरमा कम्पनीले फिनल्यान्ड लगायतका देशसँग शिक्षण प्रणालीमा प्रतिस्पर्धात्मक मापदण्ड र क्षमता सुनिश्चित गर्न वेद सधै लागिपर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

भविष्यको शिक्षा प्राविधिक प्रक्रियामा नै निर्भर रहने विश्वास व्यक्त गर्दै कम्पनीले शिक्षामा डिजिटल प्रणाली लागू गर्न प्रोत्साहन गर्ने पनि बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२