close

सानिमा बैंकका ग्राहकले अब खल्ती वालेटमा पैसा लोड गर्न सक्ने

टेकपाना टेकपाना

चैत १, २०७८ १०:१४

सानिमा बैंकका ग्राहकले अब खल्ती वालेटमा पैसा लोड गर्न सक्ने

काठमाडौं । अब सानिमा बैंकका ग्राहकले खल्ती वालेटमा पैसा लोड गर्नसक्ने भएका छन् ।

हालै यी दुई संस्थाबीच सम्झौता भएपछि ग्राहकले सानिमा सजिलो ई-बैंकिङ एपबाट खल्ती डिजिटल वालेटमा फन्ड लोड गर्न र चेक आउट गर्नसक्ने छन् ।

‘यो साझेदारीले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुऱ्याउनेछ भन्ने आशा लिएका छौं ।’

खल्तीमा २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ता छन् ।

यसले मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन शपिङ साइटमा भुक्तानी गरी ६० हजारं सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३