close

अब इन्स्टाग्रामबाटै एनएफटी कारोबार गर्न सकिने

टेकपाना टेकपाना

चैत २, २०७८ ८:५४

अब इन्स्टाग्रामबाटै एनएफटी कारोबार गर्न सकिने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा नन-फन्जिबल टोकन (एनएफटी) थपिने भएको छ । एक सम्मेलनमा बोल्दै मेटाका संस्थापक एवं सीईओ मार्क जुकरबर्गले इन्स्टाग्राममा एनएफटी थप्न लागेको जानकारी दिएका हुन् ।

‘हामीले चाँडै नै इन्स्टाग्राममा एनएफटी ल्याउँदै छौं, उनले भने । उनले केही महिनाभित्रै इन्स्टाग्राममा यो फिचर आउने जानकारी दिएपनि यसबारे थप खुलाएनन् ।

जुकरबर्गले यो योजना कम्पनीको मेटाभर्स योजना सफल पार्न सहयोगी हुने समेत बताएका छन् ।

यसअघि पनि इन्स्टाग्राममा एनफएफटी आउने हल्ला चलेको थियो । तर कम्पनीले आधिकारिक रुपमा केही बताएको थिएन ।

आफ्नो सिस्टममा एनएफटी एकीकृत गर्ने इन्स्टाग्राम पहिलो सोसल मिडिया हुनेछैन । यसअघि नै ट्वीटरले यो फिचर सुरुवात गरिसकेको छ । यसअन्तर्गत ट्वीटरको ब्लु सब्सक्रिप्सन लिएका प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलमा एनएफटी राख्नसक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३