close

एनसीएचएलमा खुल्यो आईटीका दर्जन बढी पदको जागिर, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

चैत २, २०७८ १४:५६

एनसीएचएलमा खुल्यो आईटीका दर्जन बढी पदको जागिर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) एक दर्जनभन्दा बढी पदमा नयाँ जागिर खुलाएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत लिई एनसीएचएलले इलेक्ट्रोनिक चेक क्लियरिङ, अन्तर-बैंक भुक्तानी प्रणाली, कनेक्ट आईपीएस, ई-पेमेन्ट सिस्टम, नेसनल पेमेन्ट इन्टरफेस, कनेक्ट आरटीजीएस, कर्पोरेट पे, नेसनल पेमेन्ट स्विच लगायतमार्फत भुक्तानी सेवा दिँदै आएको छ ।

यसैबीच कम्पनीले नेसनल पेमेन्ट स्विच लगायतका विद्यमान प्रणाली र अपरेसन सञ्चालन गर्न आफ्नो टिम विस्तार गर्ने भएकाे छ । यसका लागि कम्पनीले एक दर्जनभन्दा बढी पदमा कर्मचारी माग गरेको छ ।

कुन पदमा कति कर्मचारी ?

इन्फर्मेसन सेक्युरिटी अफिसर- १
सफ्टवेयर डेभलपर (ब्याक एन्ड)- २
सफ्टवेयर डेभलपर (फुल स्ट्याक)- ४
एन्ड्रोइड डेभलपर- १
आईओएस डेभलपर- १
डेभलपर (फ्रन्ट एन्ड)- १
जुनियर डेभलपर (फ्रन्ट-एन्ड)- १
क्वालिटी अस्युरेन्स इन्जिनियर- २
डेभअप्स इन्जिनियर- १
सपोर्ट एनालिस्टर एक्जिक्युटिभ- २
सिस्टम एनालिस्ट- ३
अपरेसन एक्जिक्युटिभ- २
एनालिस्ट (पेमेन्ट सिस्टम)- ३
एचआर एण्ड एडमिन एक्जिक्युटिभ- १

इच्छुकले चैत ३० सम्म यो लिंकमा गई आवेदन दिनसक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३