close

विश्व बजारमा उपलब्ध भयो साओमी १२ सिरिज, नेपालमा पनि छिट्टै आउने

टेकपाना टेकपाना

चैत २, २०७८ १६:२०

विश्व बजारमा उपलब्ध भयो साओमी १२ सिरिज, नेपालमा पनि छिट्टै आउने

काठमाडौं । साओमीले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन साओमी १२ सिरिजका तीन फोन विश्वभर एकैसाथ सार्वजनिक गरेको छ । क्वालकमको नयाँ चिपसेट ८ जेन १ सहित कम्पनीले साओमी १२, १२ प्रो र १२ एक्स सार्वजनिक गरेको हो ।

सामान्य रुपमा हेर्दा साओमी १२ र १२ प्रोमा धेरै फिचर उस्तै छन् । तर कम्पनीले १२ मा भन्दा १२ प्रोमा उत्कृष्ट क्यामेरा फिचर उपलब्ध गराएकाे छ ।

यस्तै स्न्यापड्रागन ८७० एसओसी चिप भएको साओमी १२ एक्स पनि सार्वजनिक भएको छ, जसमा १२ र १२ प्रो भन्दा कम फिचर र मूल्य छ ।

साओमी १२ र साओमी १२ एक्समा ६.२८ इन्चको डिस्प्ले छ भने साओमी १२ प्रोमा ६.७३ इन्चको डिस्प्ले छ । यद्यपि रिफ्रेस रेट भने तीनवटै स्मार्टफोनमा १२० हर्जको छ ।

त्यस्तै १२ र १२ एक्समा ४५०० एमएएचको ब्याट्री छ भने १२ प्रोमा ४६०० एमएएचको ब्याट्री दिइएको छ ।

क्यामेरातिर भने साओमी १२ र १२ एक्समा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित १३ मेगापिक्सेलको अल्ट्रा वाइड, ५ मेगापिक्सेलको टेलिम्याक्रो शुटर क्यामेरा छ ।

त्यस्तै साओमी १२ मा साओमी प्रो फोकस र एटके रेकर्डिङको पनि सुविधा छ । साओमी १२ प्रोमा भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।

कम्पनीले १२ प्रो ८ जीबी तथा १२ जीबी र्‍यामको भेरियन्टमा उपलब्ध गराएको छ । दुवै भेरियन्टकाे स्टोरेज भने २५६ जीबी रहेको छ ।

त्यस्तै साओमी १२ भने ८ जीबी र्‍याम सहित १२८ जीबी र २५६ जीबी स्टोजमा उपलब्ध छ भने यो फोन पनि १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेन्जको भेरियन्टमा उपलब्ध छ ।

त्यसैगरी साओमी १२ एक्स भने ८ जीबी र्‍याम सहितको १२८ जीबी र २५६ जीबीको भेरियन्टमा उपलब्ध छ ।

साओमी १२ प्रोको मूल्य ९९९ डलरदेखि सुरु हुन्छ भने साओमी १२ को ७४९ डलर र साओमी १२ एक्सको मूल्य ६४९ डलरदेखि सुरु हुन्छ ।

नेपाली बजारमा पनि साओमी १२ सिरिजका फोन चाँडै उपलब्ध हुने भएको छ । साओमी नेपालले आफ्नो फेसबुक पेजमार्फत १२ प्रोका केही टिजर समेत पोस्ट गरेको छ ।

यसर्थ अबको केही दिनमै यो सिरिज नेपाली उपभोक्तामाझ पनि उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३