close

विदेशमा पढ्न इच्छुक विद्यार्थीलाई सघाउन मोबाइल एप र वेबसाइट सार्वजनिक

टेकपाना टेकपाना

चैत २, २०७८ २२:५२

विदेशमा पढ्न इच्छुक विद्यार्थीलाई सघाउन मोबाइल एप र वेबसाइट सार्वजनिक

काठमाडौं । सर्च एजुकेशन नेपालले विधार्थीका लागि नेपालमै पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ ।

विद्यार्थीलाई घरमा बसी डिजिटल माध्यमबाट विदेशमा अध्ययन गर्न सहज बनाउने लक्ष्य सहित कम्पनीले यो पोर्टल र मोबाइल एप ल्याएको हो ।

यस एपले विद्यार्थीलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययनका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्यालाई समेत हटाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

कम्पनीका अनुसार विदेशमा पढ्न जान चाहने वा नेपालमा नै बसेर विदेशको कोर्ष लिन चाहने विद्यार्थीलाई यो एपले विभिन्न कलेज र युनिभर्सिटीहरुमा आफ्नो मनपर्ने कोर्षहरू खोज्न सहयोग गर्नेछ ।

त्यसैगरी विद्यार्थीहरूले यस पोर्टल मार्फत नै आफूलाई मनपर्ने कलेज र युनिभर्सिटीहरुमा अनलाइन मार्फत आवेदन दिन र आफ्नो आवेदनको प्रगति विवरण अनलाइन मार्फत नै ट्रयाक गर्न सक्नेछन् ।

साथै विद्यार्थीले आफूले चाहेको कोर्ष वा शैक्षिक संस्थाको बारेमा विभिन्न विशेषज्ञहरूसँग परामर्श पनि लिन सक्नेछन् । वेबसँगै यो सेवा आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३