close

यसरी डुब्न सक्छ १७ हजार क्रिप्टोमा भएका सबै लगानी, ईयूले दियो यस्तो चेतावनी

टेकपाना टेकपाना

चैत ४, २०७८ १९:२५

यसरी डुब्न सक्छ १७ हजार क्रिप्टोमा भएका सबै लगानी, ईयूले दियो यस्तो चेतावनी

काठमाडौं । क्रिप्टोकरेन्सीमा गरेको सबै लगानी डुब्न सक्ने भन्दै यूरोपियन यूनियनले उपभोक्तालाई चेतावनी दिएका छ । ईयूले विज्ञप्ती जारी गर्दै उपभोक्ता ठगिदा पनि क्षतिपूर्ति नपाइने भन्दै सचेत गराएको हो ।

ईयूको वित्तीय सेवा कानुन अनुसार क्रिप्टोकरेन्सीमा गरेको लगानीमा ठगिदा वा डुब्दा उपभोक्ताले क्षतिपुर्ति नपाउने व्यवस्था छ । हाल उपभोक्ताहरूले बिट्क्वाइन र इथर लगायत हाल विद्यमान फरक–फरक १७,००० वटा क्रिप्टोकरेन्सीमा यसको जोखिम नबुझी लगानी गरिरहेकोमा नियामकले विज्ञप्ति मार्फत चिन्ता व्यक्त गरेको छ ।

बजारमा भएको क्रिप्टोकरेन्सी मध्ये बिट्क्वाइन र इथरको मात्र ६० प्रतिशत हिस्सा छ । छोटो समयमा धेरे कमाई हुने लोभमा विभिन्न व्यक्ति तथा विज्ञापनहरूको पछि लागेर उपभोक्ताहरूले जोखिम मुल्याङ्कन नगरी क्रिप्टोकरेन्सीमा लगानी गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । लगानी गर्नुपूर्व सचेत रहन पनि नियामकले उपभोक्ताहरूलाई आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३