close

काठमाडौंमा खुल्दै एनिमेटेड फिल्म बनाउन सिकाउने एकेडेमी

टेकपाना टेकपाना

चैत ७, २०७८ १७:२०

काठमाडौंमा खुल्दै एनिमेटेड फिल्म बनाउन सिकाउने एकेडेमी

काठमाडौं । एनिमेटेड फिल्म बनाउने तालिम सञ्चालन गर्न काठमाडौंमा इन्सेसेन्ट रेन एकेडेमी खुल्ने भएको छ ।

इन्सेसेन्ट रेन र ट्रु नर्थ एसोसिएट्सबीचको सहकार्यमा एनिमेसन, भिजुअल इफेक्ट्स (भीएफएक्स), फिल्म निर्माणको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने एकेडेमी सञ्चालनमा आउने भएको हो ।

इन्सेसेन्ट रेन नामक कम्पनीले हलिउड लगायतका फिल्म एनिमेसनको काम गर्दै आएको छ भने ट्रु नर्थ एसोसियट्स एउटा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म हो ।

दक्ष जनशक्तिको माग र आपूर्तिबीचको असन्तुलन मेटाउने उद्देश्यका साथ एकेडेमी सञ्चालनमा ल्याउन लागेको बताइएको छ ।

इन्सेसेन्ट रेन एकेडेमीले एनिमेसन, भिजुअल इफेक्ट (भीएफएक्स), फिल्म मेकिङ र उद्योगका लागि आवश्यक प्रोग्रामिङ तथा एप डेभलपमेन्टका लागि आवश्यक जनशक्ति पूर्ति गर्ने अपेक्षा लिइएको छ ।

यद्यपि एकेडेमी स्थापना गर्न आवश्यक पर्ने लगानी र त्यसमा रहने शेयर साझेदारीको विषय भने खुलाइएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३