close

रियलमी नाइन प्रो प्लस फाइभजी नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत ७, २०७८ १९:९

रियलमी नाइन प्रो प्लस फाइभजी नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौ । नेपाली बजारमा ‘रियलमी नाइन प्रो प्लस फाइभजी’ स्मार्टफोन सार्वजनिक भएको छ । रियलमीले मिडरेन्ज सेगमेन्टमा शक्तिशाली फाइभजी प्रोसेसरसहित नेपाली उपभोक्ताका लागि युथ फ्ल्यागशिप स्मार्टफोन स्मार्टफोन सार्वजनिक गरेको हो ।

यो फोनमा रङ परिवर्तन इफेक्ट सहितको लाइट सिफ्ट डिजाइन रहेको छ । रियलमी नाइन प्रो प्लस फाइभजी दुई प्रकारका रङ्गहरूमा नेपाल आउनेछ । जसमा मिडनाइट ब्ल्याक र अरोरा ग्रिन रहेका छन् ।

याे स्मार्टफाेनकाे मूल्य ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टकाे ४१ हजार १९९ रहेकाे छ भने ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टकाे मूल्य ४५,४९९ रहेकाे छ ।  

दराज अनलाइनबाट प्रि बुकिङ गर्ने ग्राहकलाई ६ महिनाका लागि निःशुल्क स्क्रिन रिप्लेसमेन्टको सुविधा उपलब्ध गराइएको छ । दराज अनलाइनबाट यस स्मार्टफोनको डेलिभरी भोलि (मंगलबार) देखि सुरु हुनेछ र नेपालभरिका आधिकारिक स्टोरमा पनि भोलिदेखि नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस्ता छन् मुख्य फिचर

सोनी आईएमएक्स ७६६ ओआईएस क्यामेरा रहेको यो फोनमा ५० मेगापिक्सेल लेन्स सहित पछाडि भागमा तीन ओटा क्यामेरा राखिएका छन् । जसमा ८ मेगापिक्सेलको सुपर वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ ।

यसमा रहेको हाइ डाइनामिक सेन्सरले भिन्न किसिमको एक्स्पोजर लेभल सहित सुन्दर तस्वीर खिच्न मद्दत गर्ने कम्पनीको दाबी छ । कम उज्यालो भएको अवस्थामा पनि रियलमी नाइन प्रो प्लस फाइभजीको १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको सहयोगमा आकर्षक सेल्फी खिच्न सक्छ । 

मिडियाटेक डाइमेन्सिटी ९२० फाइभजी प्रोसेसर

मिडियाटेक डाइमेन्सिटी ९२० फाइभजी प्रोसेसरका साथ अत्याधुनिक टीएसएमसी ६ एनएम प्रोडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रो प्लस फाइभजी विश्वकै पहिलो स्मार्टफोन मध्येको एक हो । 

सुपरडार्ट चार्जिङ सहितको ठूलो ब्याट्री

४५०० एमएएच ब्याट्री क्षमता भएको रियलमी ९ प्रो प्लस फाइभजी स्मार्टफोनमा ६० वाटको सुपर डार्ट चार्ज सपोर्ट समेत रहेका छ । जसको मद्दतले १५ मिनेटमै यो फोन ५० प्रतिशत चार्ज गर्न सकिने र शतप्रतिशत चार्ज हुन केवल ४४ मिनेट लाग्ने कम्पनीको दाबी छ । 

९० हर्ज सुपर एमोलेड डिस्प्ले

रियलमी नाइन प्रो प्लस फाइभजीमा ९० हर्ज रिफ्रेश रेट र ३६० हर्ज टच स्याम्पलिङ रेट रहेको छ । ६.४ इनचको सुपर एमोलेड डिस्प्ले राखिएको यो फोनमा ९०.८ प्रतिशत स्क्रिन–टु–बडी अनुपात र १००० निट्स ब्राइटनेस रहेको छ । 

ईन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर सँगै हार्ट रेट डिटेक्सन

ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर रियलमी नाइन प्रो प्लस फाइभजीेमा हार्ट रेट डिटेक्सन अर्थात् मुटुको धड्कन मापन गर्नसक्ने क्षमता समेत रहेको छ ।

अन्डर स्क्रिन फिङ्गरप्रिन्ट सेन्सरहरूको नयाँ प्रविधिले अझ छिटो अनलक गर्न सघाउने कम्पनीले उल्लेख गरेको छ । यो फोनमा रहेको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताहरूलाई मुटुको गति पत्ता लगाउने र रेकर्डिङ गर्ने सेवा समेत दिन्छ । 

लाइट सिफ्ट डिजाइन

रियलमी नाइन प्रो प्लस फाइभजीको रियर प्यानलमा इण्डस्ट्री –लिडिङ्ग लाइट सिफ्ट डिजाइन रहेको छ । सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडि भाग ३ सेकेण्डमै निलोबाट रातोमा  परिवर्तन हुन्छ ।

सूर्यको किरण नपर्दा यो फोन दुईदेखि ५ मिनेटमा आफ्नो वास्तविक रङ्गमा फर्किन्छ । तरलाइट सिफ्ट डिजाइन रियलमी ९ प्रो प्लस फाइभजीको ब्लु भेरियन्टमा मात्र राखिएको छ । 

रियलमी यूआई ३.० एण्ड्रोइड १२ मा आधारित

रियलमी नाइन प्रो प्लस फाइभजी एण्ड्रोइड १२ मा आधारित कम्पनीको पहिलो स्मार्टफोन हुनेछ । 

भर्चुअल र्‍याम

रियलमीले फोनमा हुने मेमोरीको कमीलाई ध्यान दिँदै डीआरई प्रविधिको विकास गरेको छ । जसले । र्‍याम बढाउन रोमलाई भर्चुअल र्‍याममा परिणत गर्दछ । रियलमी नाइन प्रो प्लस फाइभजीमा स्मार्टफोनको र्‍याम ५ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३