close

फोटोमा कसरी राख्ने ‘प्रोफेसनल वाटरमार्क’ ?

टेकपाना टेकपाना

चैत ९, २०७८ १६:५१

फोटोमा कसरी राख्ने ‘प्रोफेसनल वाटरमार्क’ ?

काठमाडाैं । कुनै जमाना थियो फोटो खिच्नलाई साथमा एउटा क्यामेरा हुनैपर्थ्यो । त्यो समयमा फोटो खिच्नुले मात्र हाम्रो आवश्यकता पुरा गर्दैनथ्यो । त्यसलाई प्रिन्ट गर्न उत्तिकै समय र पैसा खर्च लाग्थ्याे ।

अहिले सबैको हात-हातमा माेबाइल पुगेकाे छ, जसको माध्यमबाट सहजै फोटो खिच्न सकिन्छ । राम्रो र आकर्षित फोटो खिच्न सिपालु भएपछि प्रोफेसनल क्यामेरा नै चाहिन्छ भन्ने छैन । हामीसँग भएका साधारण फोनबाट पनि स्तरीय फोटो खिच्न सकिन्छ ।

प्रायः फोटोग्राफरले आफूले खिचेको फोटोमा आफ्नो नाम वा आफू आबद्ध भएको संस्थाको नाम वा त्यसको लोगो राखिरहेका हुन्छन् ।

फोटोमा राखिएको नाम वा कम्पनीको लोगोलाई वाटरमार्क भन्ने गरिन्छ ।

हामीले खिचेका राम्रा फोटो हाम्रै हुन् भन्नका लागि प्रमाणस्वरूप फोटोमा वाटरमार्क राख्ने गरिन्छ । त्यसले गर्दा फोटोको माध्यमबाट फोटो खिच्ने व्यक्ति पनि परिचित हुनसक्छ ।

हामीले फोटोग्राफीतिर रुचि राखेका छौँ भने वाटरमार्कको बारेमा जानकारी त छ होला । वा बेलाबखत खिचिएका आकाश, फूल र राम्रो दृश्य भएको ठाउँको फोटो खिचिसकेपछि त्यसमा आफ्नो नाम राख्न मिले नि हुने भन्ने लाग्नसक्छ ।

नाम राख्न तमाम सफ्टवेयर र एप छन् । तर आज हामी आकर्षित फन्टबाट आफ्नो वाटरमार्क निर्माण गरी आफ्नो फोटोमा हाई क्वालिटीको वाटरमार्क फोटोको गुणस्तर नघटाई फोनबाटै कसरी राख्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौं ।

त्यसका लागि सबैभन्दा पहिले आकर्षित फन्टमा आफ्नो वाटरमार्क सिर्जना गर्नुपर्ने हुन्छ । याद गर्नुहोस्, सो वाटरमार्क पीएनजी फर्म्याटमा हुनुपर्ने हुन्छ । सबैभन्दा पहिले आफ्नो फोनमा गुगल प्ले स्टोरबाट ‘पिक्सेलल्याब’ भन्ने एप डाउनलोड गर्नुहोस् ।

गुगलमा गएर सिग्नेचर फन्ट वा फोटोग्राफी फन्ट डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड गरेको फन्ट जिप फाइलमा डाउनलोड हुने भएकाले त्यसलाई आफ्नो फोनको फाइल म्यानेजरमा एक्स्ट्रयाक्ट (extract) गर्नुपर्ने हुन्छ ।

फन्ट कुन लोकेसनमा एक्स्ट्रयाक्ट भएको छ भन्ने कुराको ध्यान दिन आवश्यक छ ।

फोटोग्राफी वाटरमार्क बनाउने तरिका

-फन्ट डाउनलोड र एक्सट्रयाक्टको प्रक्रिया सकिएपछि हामी पुनः पिक्सेलल्याबमा जानुपर्ने हुन्छ ।

-त्यसपछिको प्रक्रिया भनेको पिक्सेलल्याबमा आफूले डाउनलोड गरेको फन्टलाई ल्याउने हो ।

-त्यसका लागि तलपट्टी ‘A’ को आइकन हुन्छ । त्यसमा ट्याप गरेर दायाँतिर स्लाइड गरेर फन्ट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

-फन्टमा गइसकेपछि त्यस पेजमा तीनवटा फन्टका विकल्प हुन्छन् । त्यहाँ भएको पहिलो अप्सन फन्टमा डिफल्ट फन्ट समावेश हुन्छन् ।

-बीचमा रहेको माई फन्ट्समा हामीले त्यहाँ राखेका फन्टहरू समावेश हुन्छन् । र अन्तिममा भएको रिसेन्ट अप्सनमा हामीले केही समयअघि प्रयोग गरिरहेका फन्टहरू देखिन्छन् ।

-हामी दोस्रो अप्सन माई फन्ट्समा जान्छौँ । माई फन्टमा गइसकेपछि सर्च बक्स देखिन्छ । त्यसको छेउमा ‘T’ लेखिएको एउटा सानो पेज जस्तो आकार देखिन्छ, त्यसमा ट्याप गर्नुपर्ने हुन्छ ।

त्यसपछि पहिले फन्ट एक्ट्रयाक्ट गरेको फोल्डरमा गएर टेक्सको फाइललाई ट्याप गर्नुपर्ने हुन्छ ।

-फाइलमा भएको फन्ट पिक्सेलल्याबको माई फन्टमा आइसकेपछि त्यही फन्टमा आफ्नो वाटरमार्क बनाउनुपर्ने हुन्छ ।

-वाटरमार्क बनाउनका लागि आफ्नो नाम स्टाइलिस फन्ट वा सिग्नेचर फन्टमा राख्दा आकर्षित देखिन्छ भने त्यसको तल भएको फोटोग्राफीलाई नर्मल फन्टमा राख्दा प्रोफेसनल देखिन्छ ।

-वाटरमार्क डिजाइन गरिसकेपछि वाटरमार्कको ब्याकग्राउण्ड ट्रान्सप्यारेन्ट बनाएर सेभ गर्नुपर्ने हुन्छ ।

-वाटरमार्कको फोटो सेभ गर्दा पिक्सेलल्याबको सोही पेजको माथि एउटा ‘+’ आइकन देखिन्छ त्यसको छेउमा रहेको अर्को आइकनमा ट्याप गरेर ‘सेभ एज इमेज’ मा ट्याप गर्नुपर्ने हुन्छ ।

-त्यसपछि अर्को इन्टरफेस खुल्छ । त्यसमा डाइमेन्सनको अप्सन फोटो कस्तो क्वालिटीमा सेभ गर्ने भन्ने देखाएको हुन्छ । त्यसमा ट्याप गरेपछि केही अन्य अप्सनहरू देखिन्छन् ।

-त्यसपछि अल्ट्रामा ट्याप गरेर फोटो सेभ गर्नुपर्ने हुन्छ । त्यसपछि वाटरमार्क पीएनजी फर्म्याटमा सेभ हुन्छ ।

-वाटरमार्क सेभ भइसकेपछि अब तपाईंले डिजाइन गरेको वाटरमार्क आफैले खिचेका जुनसुकै फोटोमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

फोटोमा वाटरमार्क राख्ने तरिका

फोटोमा वाटरमार्क राख्नका लागि पिक्सेलल्याबमा जानुहोस् । पहिले गरेका सम्पूर्ण काम क्लियर गरेर पुनः पहिलेको जस्तै पेजमा जानुहोस् ।

-त्यसमा आफूले वाटरमार्क राख्न खोजेको फोटो एड गर्न माथि दायाँतिर देखाएको तीनवटा डटमा ट्याप गर्नुहोस् ।

-त्यसपछि विभिन्न अप्सन आउँछन् । त्यसमा भएको पहिलो अप्सन ‘युज इमेज फ्रम ग्यालेरी’ मा ट्याप गर्नुहोस् ।

– त्यहाँबाट आफूलाई वाटरमार्क राख्ने इच्छा भएको फोटो छान्नुहोस् ।

-त्यसपछि फोटोको साइज मिलाउनुपर्ने हुन्छ । आफ्नो आवश्यकता अनुसार फोटोको साइज मिलाउनुहोस् ।

-फोटो पिक्सेल ल्याबको पेजमा खुल्छ । त्यसमा वाटरमार्क राख्नका लागि माथिपट्टि भएको ‘+’ आइकनमा थिच्नुहोस् ।

-त्यसपछि त्यहाँ थुप्रै विकल्पहरू देखिन्छन् । त्यहाँ देखाएका मध्ये सेकेन्ड लास्ट अप्सन ‘फ्रम ग्यालरी’ छान्नुहोस् ।

-त्यसमा गइसकेपछि पहिले सेभ गरेर राखेर वाटरमार्क देखिन्छ । त्यसलाई सेलेक्ट गरिसकेपछि क्रप गरेर साइज मिलाउनुपर्ने हुन्छ ।

त्यसपछि त्यहाँ देखाएको टिक अप्सनमा ट्याप गर्‍यो भने वाटरमार्क फोटोमा आउँछ ।

त्यसको साइज, कलर त्यहीँबाट परिवर्तन गर्न मिल्छ । त्यसपछि हाई क्वालिटीमा सेभ गर्न माथि उल्लेख गरिए जस्तै प्रक्रिया अपनाउनुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२