close

ट्वीटरमा अब आफैंले गिफ बनाउन पाइने

टेकपाना टेकपाना

चैत १०, २०७८ ११:१६

ट्वीटरमा अब आफैंले गिफ बनाउन पाइने

काठमाडौं । सामाजिक सञ्जालका प्लेटफर्महरूमा प्रयोगकर्ताले आफ्नो कुरालाई थप राम्रोसँग व्यक्त गर्न सकुन भनेर डेभलपरहरूले विभिन्न फिचरहरूको व्यवस्था गरेको छ ।

त्योमध्ये एक हो ‘गिफ’ (GIF) । अभिव्यक्तिको कुरालाई थप रोचक बनाउन ट्वीटरले प्रयोगकर्ताले आफैंले आफ्नो गिफ बनाउन सकिने फिचर ल्याएको छ । 

अहिले प्रयोगकर्ताले ट्वीट गर्ने बेलामा ट्वीटरमा नै उपलब्ध गिफ प्रयोग गर्न सक्छन् । तर अब भने आफैंले फोटो खिचेर त्यसलाई ट्वीटमा गिफको रुपमा प्रयोग गर्ने सकिनेछ । अब प्रयोगकर्ताहरूले ट्वीटरमा आफ्नै गिफ सहित ट्वीट गर्न सक्नेछन् । हाललाई यो फिचर आईओएसमा मात्र उपलब्ध छ ।

यसका लागि प्रयोगकर्ताले ट्वीट गर्ने बेला प्रयोग हुने प्लस (+) चिन्हमा क्लिक गरेर फोटो पोस्ट गर्ने आइकनमा क्लिक गरेर क्यामेरा अन गरेपछि क्यामेरा ‘गिफ’ भन्ने अप्सन थपिएको हुन्छ । उक्त अप्सनमा क्लिक गरेर आफ्नो फोटोको गिफ बनाएर ट्वीट गर्न सक्नेछन् ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि यो फिचर छिट्टै आउने ट्वीटरले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२