close

सस्तो मूल्यमा साओमीले ल्यायो रोबट भ्याकुम क्लिनर, कसरी गर्ला काम ?

टेकपाना टेकपाना

चैत १०, २०७८ १९:१५

सस्तो मूल्यमा साओमीले ल्यायो रोबट भ्याकुम क्लिनर, कसरी गर्ला काम ?

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी साओमीले सस्तो रोबट भ्याकुम ल्याएकाे छ । कम्पनीले बजारमा मिजिया रोबोट भ्याकुम क्लिनर ३सी सार्वजनिक गरेको हाे ।

स्मार्टफोनका साथै पछिल्लो सयम कम्पनीले होम अप्लायन्समा समेत काम गरिरहेको छ । सोही अनुरूप नयाँ उत्पादनको रुपमा यो भ्याकुम क्लिनर ल्याएकाे हो ।

चार फरक सक्सन (फाेहाेर तान्ने) फिचर स्पिड मोडका साथ आएको भ्याकुम क्लिनरले ४००० हजार पास्कल प्रेसर युनिटसम्म काम गर्ने जनाइएको छ ।

रुमको आर मापन गरी सोही अनुरूप आफैंले सफा गर्न मद्दत पुगोस् भनेर यसमा ‘एलएसडी लेजर’ प्रविधि प्रयोगमा ल्याइएको छ । साथै ३६० डिग्री भिजिबिलीटीका लागि यसमा धेरै सेन्सहरुको प्रयोग गरिएको जनाइएको छ ।

यो भ्याकुम क्लिनर मिजिया एप अथवा साओ एआई भ्वाइस कन्ट्रोलमार्फत नियन्त्रण गर्न सकिन्छ । एपमार्फत तपाईंले भ्याकुम क्लिनरमा टाइमर सेट गरी चाहेको समयमा रुम सफा गर्न सक्नुहुनेछ ।

एपमार्फत नै आफूले सफा गर्न चाहेको रुम छनोट गर्न, फार गर्ने एरिया तय गर्नसम्म सकिने जनाइएको छ । यसको बजार मूल्य १८८ देखी २०४ अमेरिकी डलरसम्म पर्ने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२