close

आईएमईमार्फत पैसा पठाउँदा मिदास ईक्लासमा निःशुल्क पढ्न पाइने 

टेकपाना टेकपाना

चैत ११, २०७८ ८:३२

आईएमईमार्फत पैसा पठाउँदा मिदास ईक्लासमा निःशुल्क पढ्न पाइने 

काठमाडौं । अब विदेशबाट आईएमई मार्फत रकम पठाउँदा बालबालिकाका लागि मिदास ईक्लास निःशुल्क उपलब्ध हुने भएको छ । मिदास ईक्लास र आईएमई मनी ट्रान्सफरको सहकार्यमा यस्तो अफर ल्याइएको हो ।

कम्पनीका अनुसार विदेशबाट आईएमईमार्फत नेपालमा रहेका आफ्ना आफन्त तथा परिवारजनलाई पैसा पठाउँदा आईएमईका साझेदारहरूबाट डाउनलोड लिङ्क सहितको एसएमएस र प्रोमो कोड प्राप्त गर्न सकिनेछ ।

त्यसपछि उक्त लिङ्कमार्फत विद्यार्थीले मिदास ईक्लास डाउनलोड गरी प्रोमो कोड राखेर निःशुल्क रुपमा मिदास ईक्लासमा पढ्न पाउनेछन् ।

यस्तो निःशुल्क सेवा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । मिदास ईक्लासमा अनलाइन कक्षाका साथै भिडि‌ओ, एनिमेसन, गेम, चित्र आदि सिकाई सामग्रीहरू राखिएका छन् ।

यो योजना आगामी २०७९ वैशाख ३१ गतेसम्मका लागि मात्र लागू हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२