close

यस्ता छन्, यो वर्ष मोबाइलमा आउने तयारीमा रहेका ब्याटल रोयल गेम

टेकपाना टेकपाना

चैत ११, २०७८ १३:५४

यस्ता छन्, यो वर्ष मोबाइलमा आउने तयारीमा रहेका ब्याटल रोयल गेम

काठमाडौं । ब्याटल रोयल गेम भन्नाले सामान्यतया अनलाइनमा खेलिने मल्टिप्लेयर अर्थात दुई वा दुईभन्दा बढी खेलाडीले खेल्ने गेम बुझिन्छ । जसमा गेमको नियम अनुसार अन्तिम सम्म जीवित रहन सङ्घर्ष गर्नुपर्ने हुन्छ ।

सन् २०१७ मा पब्जी पीसी आए सँगै ब्याटल रोयल गेमले नयाँ परिभाषा पाएको हो । त्यसपछि कम्प्युटर र मोबाइल गरी ब्याटल रोयल गेमको रुपमा दर्जनौँ गेमहरू आएका छन् र त्यो क्रम जारी नै छ ।

आज हामी तपाईँलाई सन् २०२२ मा आउन सक्ने केही ब्याटल रोयल गेमको बारेमा बताउँदै छौँ । 

१) कल अफ ड्युटी वारजोनः

कल अफ ड्युटी वारजोन पब्जी जस्तै ब्याटल रोयल गेम हो । जसको ब्याटल रोयल मोडमा १५० जना प्लेयरले खेल्न सक्छन् । कल अफ ड्युटी वारजोन १० मार्च २०२० मा पिसी र कन्सोलको लागि रिलिज गरिएको थियो ।

कल अफ ड्युटी वारजोनको डेभलपर याक्टिभिजनका अनुसार सन् २०२२ सम्ममा  कल अफ ड्युटी वारजोन मोबाइलको लागि उपलब्ध हुनेछ । तर सार्वजनिक हुने यकिन मिति र प्रि रजिस्ट्रेसनको बारेमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।

२) ब्याटल फिल्ड मोबाइलः

 ब्याटल फिल्ड अहिले पिसी र कन्सोलको लागी मात्र उपलब्ध छ । १० सेप्टेम्बर २००२ मा रिलिज गरिएको यो गेमको मोबाइल भर्सनका लागि अहिले प्रि रजिस्ट्रेसन सुरु भइसकेको छ ।

यसको बेटा भर्सन अहिले परीक्षणकै क्रममा रहेको छ । तर सार्वजनिक हुने मितिको बारेमा भने अहिलेसम्म स्पष्ट जानकारी छैन । सन् २०२२ को अन्त्यसम्ममा यो मोबाइल गेम रिलिज हुने जानकारी आएको छ ।

यो बेटा परीक्षण र प्रि रजिस्ट्रेसनलाई हेर्दा पनि ब्याटल फिल्ड मोबाइल छिट्टै आउने अनुमान गर्न सकिन्छ । यसका लागि चार जिबी र्‍याम र छ जीबी मेमोरी भएको सिस्टम आवश्यक हुनेछ । 

३) एपेक्स लेजेण्ड मोबाइलः

एपेक्स लेजेण्ड अहिले पीसी, एक्स बक्स र प्लेस्टेसनमा उपलब्ध छ । यो पब्जी ब्याटल रोयल गेम जस्तै हो ।

तर यसको गेम खेल्ने तरिका भने पब्जीकोभन्दा फरक छ । हाल थुप्रै देशमा यसको बेटा भर्सन परीक्षणमा छ । तर नेपालमा भने उपलब्ध छैन । यसको प्रि रजिस्ट्रेसन भने तपाईँहरूले प्ले स्टोरमा गएर गर्न सक्नु हुन्छ ।

यसको  सिस्टम आवश्यकताको बारेमा कुरा गर्नुपर्दा कमसेकम चार जीबी र्‍याम तथा तीन जीबी मेमोरी आवश्यक हुन्छ । यसको पनि आधिकारिक सार्वजनिक मिति यकिन भइसकेको छैन । तर यो पनि २०२२ भित्रै आउने चर्चा छ । 

४) भ्यालोरेन्ट मोबाइलः

भ्यालोरेन्ट काउन्टर स्ट्राइक जस्तै गेम हो । जहाँ दुई ओटा टिमबीच प्रतिस्पर्धा हुन्छ । अहिले यो पीसीको लागि मात्र उपलब्ध छ । तर २०२२ भित्र मोबाइलको लागि पनि यो गेम उपलब्ध हुने बताइएको छ ।

यसको बेटा भर्सनको बारेमा यकिन जानकारी आएको छैन । त्यसैले यो कहिले आउँछ भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । तर यो अहिले बन्ने क्रममा रहेको भ्यालोरेन्टको डेभलपर कम्पनी रुइत गेम्सले बताएको छ ।

५) रोग कम्पनीः

२०२२ मा मोबाइलमा आउन सक्ने गेमहरू मध्य यो पनि अर्को हो । यो पनि एउटा ब्याटल रोयल गेम हो । जसमा सहरलाई जोगाउन विभिन्न मिसनहरू पुरा गर्नुपर्ने हुन्छ । जुन अहिले पीसीमा उपलब्ध छ ।

तर यो गेमको बेटा भर्सन छिट्टै आउने भन्दै कम्पनीले ट्वीटरमार्फत जानकारी दिएको छ । यसको आधिकारिक सार्वजनिक मितिको बारेमा भने अहिले सम्म कुनै जानकारी आएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२