close

१८ मिनेटमै फुल चार्ज हुने ‘साओमी १२ प्रो’ नेपाली बजारमा, प्रि-बुक गर्नेलाई छुट र उपहार

टेकपाना टेकपाना

चैत १२, २०७८ ११:५५

१८ मिनेटमै फुल चार्ज हुने ‘साओमी १२ प्रो’ नेपाली बजारमा, प्रि-बुक गर्नेलाई छुट र उपहार

काठमाडौं । नेपाली बजारमा साओमी १२ प्रो को प्रि-बुकिङ खुला भएको छ । साओमी नेपालले यो स्मार्टफोनका लागि चैत १५ गतेसम्म प्रि-बुक गर्न सकिने जनाएको छ ।

प्रि-बुक गर्ने प्रयोगकर्ताका लाग विशेष अफर समेत घोषणा गरिएको छ । उपभोक्ताले यो फोन किन्दा रु. ५,००० क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यान्ड ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् ।

बैजनी र नीलो रङमा उपलब्ध फाेन १२ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टाेरेजमा किन्न सकिन्छ, जसकाे मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषता भएकाे कम्पनीकाे दावी छ । याे फाेनमा १२० वाटको फास्ट चार्जिङ छ, जसले फोन १८ मिनेटमै फुल चार्ज गर्ने बताइएकाे छ ।

साओमी १२ प्रो मा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ ।

८ जेन वान स्न्यापड्रागन प्रोसेसर भएको फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा र ५० मेगापिक्सेलकै टेलिफोटो र वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप छ ।

यो स्मार्टफोनको अर्को विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो, जसले मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुने कम्पनीकाे भनाइ छ ।

तीनवटै क्यामेरामा नाइट मोड सेन्सरहरू उपलब्ध छ, जसले गर्दा कम प्रकाशमा सुन्दर र स्पष्ट तस्वीर खिच्न सकिन्छ ।

सेल्फीको लागि यसमा ३२ मेगापिक्सेलको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकर छन्, जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिने कम्पनीकाे दावी छ ।

याे फाेन मी स्टोर र रिटेल स्टोरहरुमा प्रि-बुकिङको लागि खुला गरिएकाे र मार्च ३० देखि बिक्री शुरु हुने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२