close

तपाईंको मोबाइलमा टेलिकमको फोरजी चल्छ कि चल्दैन ? यसरी पत्ता लगाउनुहोस्

टेकपाना टेकपाना

चैत १२, २०७८ १५:१०

तपाईंको मोबाइलमा टेलिकमको फोरजी चल्छ कि चल्दैन ? यसरी पत्ता लगाउनुहोस्

यसरी टेलिकमले दुई फरक ब्याण्डमार्फत देशभर फोरजी सेवा विस्तार गरिरहेको भएतापनि उक्त फोरजी सेवा तपाईंको मोबाइलमा चल्छ, चल्दैन भन्ने विषय तपाईंको मोबाइलमा निर्भर रहन्छ ।

किनभने यदि तपाईंको मोबाइलले यी दुईमध्ये कुनै पनि ब्याण्डलाई सर्पोट गर्दैन भने तपाईंको मोबाइलमा टेलिकमको फोरजी चल्दैन । तर, यदि यी दुईमध्ये कुनै एक ब्याण्ड तपाईंको मोबाइलले सपोर्ट गर्छ भने जुन ब्याण्ड सपोर्ट गर्छ, सोही ब्याण्डमा तपाईंले फोरजी चलाउन सक्नुहुनेछ ।

त्यसैले तपाईंको मोबाइलले कुन ब्याण्ड सपोर्ट गर्छ वा गर्दैन भन्ने विषय महत्वपूर्ण हुन्छ । यो विषयमा तपाईंले मोबाइल किन्दा नै मोबाइलका बक्सको बाहिर दिइएको जानकारीमा पनि यो विषय उल्लेख गरिएको हुन्छ ।

पछिल्लो सयमा बजारमा भित्रिएका धेरैजसो मोबाइल सेटले त दुवै ब्याण्ड सपोर्ट गर्छन् । तर, त्यसमा पनि कतिपय मोबाइल सेटले कुनै एकमात्र ब्याण्डमात्र पनि सपोर्ट गर्नसक्ने हुन्छ । भने, कुनैले गर्दै नगर्ने पनि हुनसक्छ ।

त्यसैले यहाँ हामी तपाईंलाई नेपाल टेलिकमकै साइटबाट आफ्नो मोबाइलले फोरजी सपोर्ट गर्छ, गर्दैन भन्ने विषयमा जानकारी दिँदैछौं । तर, त्यसका लागि सबैभन्दा महत्वपूर्ण विषय तपाईंको मोबाइलको आईएमईआई नम्बर भने आवश्यक पर्छ ।

मोबाइलको आईएमईआई नम्बर तपाईंले मोबाइलको बक्समा अथवा मोबाइलको पछाडि भागमा अथवा ब्याट्रीमा पनि टाँसिएको हुनसक्छ । यदि यी तीनै विकल्प भएन भने पनि तपाईंले आफ्नो मोबाइलको आईएमईआई नम्बर भने हेर्न सक्नुहुनेछ ।

त्यसका लागि तपाईंले फोनमा *#06# डायल गर्नुहोस् । यसपछि तपाईंले त्यहाँ तपाईंको मोबाइलको आईएमईआई नम्बर देख्नुहुनेछ । अब मोबाइलमा फोरजी ब्याण्ड चल्छ/चल्दैन भनेर जाँच गर्नुहोस् । त्यसका लागि सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

यहाँ क्लिक गर्दा तपाईं सोझै उक्त परीक्षण पेजमा पुग्नुहुनेछ । त्यहाँ तपाईंले एउटा सर्च बार देख्नु हुनेछ । त्यसको तल सर्च भन्ने अप्सन रहेको छ । सुरुमा उक्त सर्च बारमा अब तपाईंको मोबाइलको आईएमईआई नम्बरको पहिलो ८ अंक हाल्नुहोस् ।

आईएमईआई नम्बरको पहिलो ८ अंक हाली अब तल रहेको सर्च बटनमा क्लिक गर्नुहोस् । त्यति क्लिक गरेसँगै त्यहाँ तल तपाईंको मोबाइलले १८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी सर्पोट गर्छ/गर्दैन भन्ने जानकारी आउनेछ । अथवा त्यसमध्य कुन सपोर्ट गर्छ भन्ने पनि जानकारी दिनेछ ।

अझ केही तल जानुभएको खण्डमा त्यहाँ तपाईंले आफ्नो मोबाइलले कुन ब्याण्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने रहेछ भन्ने जानकारी समेत प्राप्त गर्नुहुनेछ ।

काठमाडौं । नेपाल टेलिकमले १८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमार्फत देशभर फोरजी सेवा विस्तार गरिरहेको छ । दुई भिन्न ब्याण्डमा रहेर फोरजी सेवा सञ्चालन गर्नुको कारण धेरै स्थानमा गुणस्तरीय फोरजी सेवा उपलब्ध गराउनु रहेकाे कम्पनीले जनाएकाे छ ।

यसरी टेलिकमले दुई फरक ब्याण्डमार्फत देशभर फोरजी सेवा विस्तार गरिरहेको भएतापनि उक्त फोरजी सेवा तपाईंको मोबाइलमा चल्छ, चल्दैन भन्ने विषय तपाईंको मोबाइलमा निर्भर रहन्छ ।

किनभने यदि तपाईंको मोबाइलले यी दुईमध्ये कुनै पनि ब्याण्डलाई सर्पोट गर्दैन भने तपाईंको मोबाइलमा टेलिकमको फोरजी चल्दैन । तर, यदि यी दुईमध्ये कुनै एक ब्याण्ड तपाईंको मोबाइलले सपोर्ट गर्छ भने जुन ब्याण्ड सपोर्ट गर्छ, सोही ब्याण्डमा तपाईंले फोरजी चलाउन सक्नुहुनेछ ।

त्यसैले तपाईंको मोबाइलले कुन ब्याण्ड सपोर्ट गर्छ वा गर्दैन भन्ने विषय महत्वपूर्ण हुन्छ । यो विषयमा तपाईंले मोबाइल किन्दा नै मोबाइलका बक्सको बाहिर दिइएको जानकारीमा पनि यो विषय उल्लेख गरिएको हुन्छ ।

पछिल्लो सयमा बजारमा भित्रिएका धेरैजसो मोबाइल सेटले त दुवै ब्याण्ड सपोर्ट गर्छन् । तर, त्यसमा पनि कतिपय मोबाइल सेटले कुनै एकमात्र ब्याण्डमात्र पनि सपोर्ट गर्नसक्ने हुन्छ । भने, कुनैले गर्दै नगर्ने पनि हुनसक्छ ।

त्यसैले यहाँ हामी तपाईंलाई नेपाल टेलिकमकै साइटबाट आफ्नो मोबाइलले फोरजी सपोर्ट गर्छ, गर्दैन भन्ने विषयमा जानकारी दिँदैछौं । तर, त्यसका लागि सबैभन्दा महत्वपूर्ण विषय तपाईंको मोबाइलको आईएमईआई नम्बर भने आवश्यक पर्छ ।

मोबाइलको आईएमईआई नम्बर तपाईंले मोबाइलको बक्समा अथवा मोबाइलको पछाडि भागमा अथवा ब्याट्रीमा पनि टाँसिएको हुनसक्छ । यदि यी तीनै विकल्प भएन भने पनि तपाईंले आफ्नो मोबाइलको आईएमईआई नम्बर भने हेर्न सक्नुहुनेछ ।

त्यसका लागि तपाईंले फोनमा *#06# डायल गर्नुहोस् । यसपछि तपाईंले त्यहाँ तपाईंको मोबाइलको आईएमईआई नम्बर देख्नुहुनेछ । अब मोबाइलमा फोरजी ब्याण्ड चल्छ/चल्दैन भनेर जाँच गर्नुहोस् । त्यसका लागि सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

यहाँ क्लिक गर्दा तपाईं सोझै उक्त परीक्षण पेजमा पुग्नुहुनेछ । त्यहाँ तपाईंले एउटा सर्च बार देख्नु हुनेछ । त्यसको तल सर्च भन्ने अप्सन रहेको छ । सुरुमा उक्त सर्च बारमा अब तपाईंको मोबाइलको आईएमईआई नम्बरको पहिलो ८ अंक हाल्नुहोस् ।

आईएमईआई नम्बरको पहिलो ८ अंक हाली अब तल रहेको सर्च बटनमा क्लिक गर्नुहोस् । त्यति क्लिक गरेसँगै त्यहाँ तल तपाईंको मोबाइलले १८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी सर्पोट गर्छ/गर्दैन भन्ने जानकारी आउनेछ । अथवा त्यसमध्य कुन सपोर्ट गर्छ भन्ने पनि जानकारी दिनेछ ।

अझ केही तल जानुभएको खण्डमा त्यहाँ तपाईंले आफ्नो मोबाइलले कुन ब्याण्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने रहेछ भन्ने जानकारी समेत प्राप्त गर्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२