close

फोनको क्यामेरामा हुने यस्तो फिचर, जसले हाम्रो आँखाले जस्तै काम गर्छ

हरिजङ्ग थापा हरिजङ्ग थापा

चैत १२, २०७८ २१:१०

फोनको क्यामेरामा हुने यस्तो फिचर, जसले हाम्रो आँखाले जस्तै काम गर्छ

काठमाडौं । सामसङ ग्यालेक्सी फोन चलाउनुहुन्छ भने क्यामेरा खोल्दा ‘मोर अप्सन’ भित्र बिक्सबी भिजन र एआर जाेन त देख्नुभएकै होला । अनि फन मोडको मज्जा कत्तिको लिनुभएको छ ?

यी फिचरले हामीलाई थर्ड पार्टी एप बिना नै फोटो र भिडिओमा विभिन्न फिल्टर र इफेक्ट उपलब्ध गराउँछन् । साथमा क्यामेरालाई बहुउपयोगी बनाउन समेत सघाउँछन् ।   

आज हामी ग्यालेक्सी फोनको क्यामेरामा हुने Bixby Vision बारे बताउँदैछौं ।

बिक्सबी भिजनको विशेषता गुगल लेन्ससँग लगभग मिल्छ । बिक्सबी भिजनभित्र विभिन्न क्यामेरा मोड हुन्छन् । जसलाई हामी आवश्यकता अनुसार उपयोग गर्न सक्छौं ।

दृष्टिविहीनहरुको लागि त झन् यो फिचर एकदमै सहयोगी बन्न सक्छ । यसले क्यामेरामा देखिएको दृश्य वर्णन गरिदिन्छ । क्यामेरामा क्याप्चर भएका अक्षरहरु पढेर सुनाउँछ ।

क्यामेरा वा फोटोमा देखिएका शब्दहरुलाई विभिन्न भाषामा ट्रान्सलेट गर्न र टेक्स्ट एक्स्ट्रयाक्ट गर्न पनि सघाउँछ । त्यति मात्रै होइन, क्यामेरामा देखिएका अब्जेक्टको रंगसमेत बताइदिन्छ ।

कुनै पनि वस्तुबारे विस्तृतमा जान्न मन लागे वा किनमेलका लागि सुझाव चाहिए पनि यो फिचरले सहयोग गर्छ । कसरी त ? म यसको प्रयोग गरेर पनि देखाउँछु । 

सुरुमा आफ्नो फोनको क्यामेरा खोल्नुहोस्। More Option मा जानुहोस् । माथिपट्टि Bixby Vision देखापर्छ। त्यहाँ ट्याप गरेपछि Top Corner मा तीनवटा डट्स देखिन्छ ।

त्यहाँ थिचेपछि Tips र Setting दुई विकल्प देखापर्छन् । Tips मा गएर हामीले Bixby Vision प्रयोगबारे जानकारी लिन सक्छौं । Setting मा गएर यसमा भएका विभिन्न मोड अन वा अफ गर्न सक्छौं ।

Accessibility Mode भित्र गएर थप मोडहरु पनि आवश्यकता अनुसार अन वा अफ गर्न सकिन्छ । मैले सबै मोडहरु अन गरिसकेको छु । अब हेरौं कुन मोडले कसरी काम गर्दो रहेछ ।

क्यामेराबाट मात्रै होइन हामीले ग्यालरीमा सेभ भएर बसेका फोटोहरुमा पनि Bixby Vision को उपयोग गरेर यसको फाइदा लिन सक्छौं ।

त्यसको लागि ग्यालेक्सी फाेनको ग्यालेरीमा गएर कुनै पनि फोटो ओपन गर्नुभयो भने टप राइट कर्नरमा Eye Button देखिन्छ । जसमा ट्याप गर्ने बित्तिकै Bixby Vision को विभिन्न मोडहरु देखापर्छन् । अघि जस्तै हामीले आवश्यकता अनुसार यसको प्रयोग गर्न सक्छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२