close

३ मिनेटमै विद्युतीय गाडी फुल चार्ज गर्ने प्रविधिको विकास

टेकपाना टेकपाना

चैत १३, २०७८ १८:११

३ मिनेटमै विद्युतीय गाडी फुल चार्ज गर्ने प्रविधिको विकास

काठमाडौं । विद्युतीय गाडीका लागि सबैभन्दा ठूलो चुनौती चार्जिङ हो । गाडी फुल चार्ज गर्न घण्टौं लाग्ने हुँदा विद्युतीय गाडी प्रयोग गर्न प्रयोगकर्तालाई पनि झन्झट भइरहेको छ ।

यस्तोमा नयाँ अध्ययनले गाडी निर्माता तथा गाडी प्रयोगकर्ता दुवैलाई खुसीको कुरा ल्याएको छ । इन्स्टिच्युट फर बेसिक साइन्स (आईबीएस)का अनुसार क्वान्टम प्रविधिको माध्यमले विद्युतीय कार प्रयोगकर्ताले तीन मिनेटमै गाडी फुल चार्ज गर्न सकिनेछ ।

यसले विद्युतीय गाडी चार्जिङमा नयाँ आयाम सिर्जना गर्ने अपेक्षा गरिएको छ । फिजिकल रिभ्यु लेटरमा प्रकाशित अध्ययन जर्नलका अनुसार क्वान्टम ब्याट्रीले विद्युत स्टोर र रिजल गर्ने प्रक्रिया अन्य ब्याट्रीको तुलनामा द्रुत गतिमा गर्न सक्छ ।

त्यसैले क्वान्टम ब्याट्रीलाई इनर्जी बचत गर्ने नयाँ प्रविधिको रुपमा समेत लिन सकिने उल्लेख गरिएको छ ।

यो उपलब्धि इन्टेंगलमेन्ट जस्ता क्वान्टम प्रोसेसमार्फत हात पारिएको हो ।

यसले विद्युतीय गाडीको ब्याट्री द्रुत गतिमा चार्ज गर्नका लागि ब्याट्रीमा भएको सबै सेललाई एकै पटक चार्ज गर्ने क्षमता राख्छ, जसलाई ‘ग्लोबल चार्जिङ प्रोटोकल’ को रुपमा परिभाषित गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२