close

दूरसञ्चार प्राधिकरणमा नयाँ सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन

टेकपाना टेकपाना

चैत १५, २०७८ १६:१७

दूरसञ्चार प्राधिकरणमा नयाँ सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा नयाँ सदस्य नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । त्यसका लागि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।

समितिले प्राधिकरणमा नयाँ सदस्य नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने छ । आउँदो जेठबाट प्राधिकरणका दुईजना बोर्ड सदस्यको समयावधि सकिँदैछ । जसमा चुडामणि चौलागाईँ र टेकनाथ आचार्य रहेका छन् ।

उनीहरूको अवधि २०७९ जेठ १८ गते सकिँदैछ । त्यो हुँदा सरकारले नयाँ सदस्य नियुक्तिका लागि प्रक्रिया अघि बढाएको हो ।

नयाँ गठित समितिले रिक्त हुने सदस्यका लागि आवेदन माग गर्ने, आएको आवेदनबाट उत्कृष्ट छनोट गरी प्राधिकरणलाई सिफारिस गर्नेसम्मको काम गर्नेछ ।

त्यसरी समितिबाट सिफारिस भएका मध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त गर्नेछ ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३