close

नेपाली बजारमा आजदेखि ‘साओमी १२ प्रो’ को बिक्री सुरू

टेकपाना टेकपाना

चैत १६, २०७८ ११:३५

नेपाली बजारमा आजदेखि ‘साओमी १२ प्रो’ को बिक्री सुरू

काठमाडौं । नेपाली बजारमा आजदेखि साओमी १२ प्रो बिक्री सुरू भएको छ । यसअघि कम्पनीले गत शुक्रबार यो फोनको प्रिबुकिङ खुलाएको थियो ।

मी स्टोर र रिटेल स्टोरहरुमा बैजनी र नीलो रङमा उपलब्ध फाेन १२ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टाेरेजमा किन्न सकिन्छ, जसकाे मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषता भएकाे कम्पनीकाे दावी छ । याे फाेनमा १२० वाटको फास्ट चार्जिङ छ, जसले फोन १८ मिनेटमै फुल चार्ज गर्ने बताइएकाे छ ।

साओमी १२ प्रो मा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ ।

८ जेन वान स्न्यापड्रागन प्रोसेसर भएको फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा र ५० मेगापिक्सेलकै टेलिफोटो र वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप छ ।

यो स्मार्टफोनको अर्को विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो, जसले मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुने कम्पनीकाे भनाइ छ ।

तीनवटै क्यामेरामा नाइट मोड सेन्सरहरू उपलब्ध छ, जसले गर्दा कम प्रकाशमा सुन्दर र स्पष्ट तस्वीर खिच्न सकिन्छ ।

सेल्फीको लागि यसमा ३२ मेगापिक्सेलको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकर छन्, जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिने कम्पनीकाे दावी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३