close

भेट्टाएका कुनै पनि आईफोन मर्मत नगर्ने एप्पलको निर्णय

टेकपाना टेकपाना

चैत १६, २०७८ २१:२०

भेट्टाएका कुनै पनि आईफोन मर्मत नगर्ने एप्पलको निर्णय

काठमाडौं । एप्पलले हराएको रिपोर्ट भएका आईफोन मर्मत नगर्ने निर्णय गरेको छ । आईफोनको चोरी रोक्ने र चोरी गरिएका फोन किन्ने प्रवृत्ति राेक्ने उद्देश्यले कम्पनीले यस्तो नीति ल्याएको हाे ।

अब जीएसएमए डिभाइस रजिस्ट्रीमा हराएको रिपोर्ट भएका कुनै पनि फोन एप्पलका सबै सर्भिस सेन्टर र एप्पल स्टोरमा मर्मत नहुने एप्पले प्रष्ट पारेकाे छ ।

चोरी भएका आईफोनको प्रयोगलाई निरुत्साहित गर्दै कम्पनीले यस्तो नीति अघि सारेको हो । यसअघि हराएकामध्ये ‘फाइन्ड माई’ फिचर इनेबल भएका आईफोनको मर्मत नगर्ने नीति कम्पनीले लिएको थियो ।

अब भने यो फिचर इनेबल नभएका आईफोन हराएको खण्डमा पनि प्रयोगकर्ताले रिपोर्ट गरे एप्पल सर्भिस सेन्टरबाट मर्मत नहुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार:
हराएको फोन कसरी पत्ता लगाउने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३