close

माघमा आयोजना हुँदै प्रविधि मेला ‘लोकस’, कार्यक्रमलाई युएनको साथ

टेकपाना टेकपाना

पुस २०, २०७६ १५:२०

विज्ञान तथा प्रविधिसँग सम्बन्धीत रहेर आयोनजा हुने मेला ‘लोकस’ माघमा हुने भएको छ । पुल्चोक क्याम्पसका कम्प्युटर, इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल्सका विद्यार्थीहरुले हरेक आयोजना गर्दै आएको उक्त कार्यक्रम यो वर्ष संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा हुने भएको हो ।

विज्ञान तथा प्रविधिको क्षेत्रको मेगा प्रदर्शनी लोकसको यो १७ औं संस्करणको हो । जुन आउँदो माघ महिनाको १७, १८ र १९ गते आयोजना हुँदैछ । उक्त कार्यक्रममा यो वर्ष विभिन्न नयाँ कार्यक्रम थप गरिएको आयोजकले जनाएको छ । लोकसकी मिडिया को–अर्डिनटर परिधी पराजुलीका अनुसार हाल लोकसका प्रि इभेन्ट कार्यक्रम पुल्चोक क्याम्पसमा आयोजना भईरहेका छन् ।

यो वर्ष प्रविधिमा महिलाको सहभागितालाई प्रोत्साहन गर्न लोकसले ‘गर्ल टु कोड’ नामक नयाँ सेग्मेन्ट प्रि इभेन्टमा थप गरेको छ । उक्त सेग्मेन्टको कार्यक्रममा महिलाकोमात्र सहभागिता रहने छ । त्यसमा महिलाहरुले कुनै एक विषयमा आईडिया पिच गर्नेछन् । भने, स्थापित महिला तथा उद्योगी व्यवसायी महिलाबाट उनिहरुलाई मेन्टरशिप प्रदान गरिने पराजुली बताउँछीन् ।

थिम्याटिक र ननथिम्याटिक क्याटेगोरीमा प्रोजेक्ट प्रदर्शनी गर्दै आएको लोकसले यो वर्ष थिम्याटिक क्याटेगोरीमा संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्य एसडीजीसँग सम्बन्ध राख्ने तीनओटा थिमका प्रोक्जेक्टबीच प्रतिस्पर्धा गराउँदै छ । यो वर्ष लोकसले प्रदर्शनीलाई व्यवस्थित गर्न प्रोजेक्ट म्यानेजरको पनि व्यवस्था गरेको छ ।

‘प्रोजेक्ट कहिले धेरै आउने कहिले कम आउने, एक्जिभिसनसम्म पनि कहिलेकाँही प्रोजेक्ट तयारी नै नहुने समस्या छ,’ पराजुली भन्छिन्, ‘यो वर्षबाट हामीले प्रोजेक्ट म्यानेजर राखेका हौं । प्रोजेक्ट म्योजरले प्रोजेक्ट कस्तो कस्तो आएको छ हेरेर त्यहीँ अनुसारका मेन्टरहरु सहभागीलाई असाइन गर्छन ।’

यस्तै लोकसले आफ्नो प्रि इभेन्टमा आयोजना गर्दै आएको फोटोग्राफी वर्कसपमा रहेको ५० सिटमा यस वर्ष पाँच सिट महिला तथा एलजीबीटी समूहका लागि राखेको पराजुलीले बताएकी छन् ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८० १०:५७