close

आईओएस १५.४ मा व्याट्री चाँडै सकिने समस्या समाधानको लागि नयाँ अपडेट

टेकपाना टेकपाना

चैत १८, २०७८ १६:४४

आईओएस १५.४ मा व्याट्री चाँडै सकिने समस्या समाधानको लागि नयाँ अपडेट

काठमाडौं । आईओएस १५.४ मा देखिएको व्याट्री चाँडै सकिने समस्या समाधानको लागि एप्पलले नयाँ अपडेट सार्वजनिक गरेको छ । एप्पलले सार्वजनिक गरेको १५.४.१ अपडेटले यो समस्या समाधान गर्ने कम्पनीको दाबी छ । मार्च १४ मा एप्पलले आईओएस १५.४ अपडेट सार्वजनिक गरेको थियो । उक्त अपडेट सार्वजनिक भएको केही घण्टामै प्रयोगकर्ताले आफ्नो आइफोनको व्याट्री चाँडै सकिने समस्या देखिएको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेका थिए ।

हालै एप्पलले आईओएस र आईप्याडओएड १५.४.१ अपडेट सार्वजनिक गरेको छ । एप्पलले आईओएस १५.४ मा भएका एसेसिबिलिटी बग, सुरक्षामा सुधार, ब्याट्री ड्रेन बग समाधान गरी नयाँ अपडेट आईओएस १५.४.१ सार्वजनिक गरेको हो ।

आईओएस १५.४ अपडेट गरे पश्चात पनि ब्याट्रीमा समस्या आएको छैन भने केही महिनामा समस्या आउन सक्छ । त्यसैले एप्पलले आफ्ना प्रयोगकर्तालाई आईओएस १५.४ अपडेटमा केही समस्या नभए पनि आईओएस १५.४.१ मा अपडेट गर्न सुझाव दिएको छ ।
कसरी गर्ने अपडेट ?
अपडेटका लागि सबैभन्दा पहिले सेटिङमा जानुजोस् । सेटिङमा गई सकेपछि जेनेरल अप्सनमा जानुहोस् । त्यसपछि त्यहाँ सफ्टवेयर अपडेटको अप्सन देखिन्छ । त्यसमा क्लिक गरेर अपडेट गर्न सक्नुहुन्छ । त्यस्तै म्याक अपडेट गर्न सेटिङ प्रिफ्रेन्समा जानुपर्ने हुन्छ । त्यसपछि त्यसमा भएको सफ्टवेयर अपडेट अप्सनमा क्लिक गरी अपडेट गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३