close

रङ्‌ग परिवर्तन हुने स्मार्टफोन ल्याउँदै भिभो

टेकपाना टेकपाना

चैत १८, २०७८ १८:११

रङ्‌ग परिवर्तन हुने स्मार्टफोन ल्याउँदै भिभो

काठमाडौं । भिभोले भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । भी २३ फाइभजी नामक यो फोन चाँडै नै नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

विभिन्न टिप्सटर भी २३ फाइभजीमा रङ्ग परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी रहेको उल्लेख गरेका छन् । भी सिरिजका फोन यसमा हुने सेल्फी क्यामेराका लागि लोकप्रिय मानिन्छ ।

चर्चाअनुसार भिभो भी २३ फाइभजीको अगाडिको प्यानलमा ५० मेगापिक्सेलको अटोफोकस पोट्रेट सेल्फी क्यामेरा हुनेछ । यसबाहेक भिभोको यो फोनको पछाडि भागमा रङ्ग परिवर्तन हुने ग्लास फिचर हुने उल्लेख छ ।

जसले गर्दा यो मोबाइल आकर्षक हुने बताइएको छ । भिभोको आगामी यो फोन सार्वजनिक हुने मिति, मूल्य र अन्य महत्त्वपूर्ण विवरणहरूको बारेमा थप जानकारी आउन बाँकी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३