close

एउटाबाट अर्को एप्पल डिभाइसबाट फाइल ट्रान्सफर गर्ने सजिलो तरिका

टेकपाना टेकपाना

चैत १९, २०७८ ११:२१

एउटाबाट अर्को एप्पल डिभाइसबाट फाइल ट्रान्सफर गर्ने सजिलो तरिका

काठमाडौं । सामान्यतया एउटा डिभाइसबाट अर्को डिभाइसमा फोटो अथवा अन्य कुनै सामग्री ट्रान्सफर गर्नुपर्‍यो भने वाईफाई, ब्लुटुथ अथवा कुनै थर्ड पार्टी एप प्रयोग गर्ने चलन छ ।

कहिलेकाहिँ फाइल सार्दासार्दै कनेक्सन लस्ट भनेर फाइल ट्रान्सफर नै नहुने समस्या पनि हुन्छ । र एप्पलले भने आफ्नो डिभाइसहरूमा फाइल ट्रान्सफर गर्नको ‘ह्यान्डअफ’ नामक फिचर उपलब्ध गराएको छ ।

यो फिचर गरेर एप्पलका प्रयोगकर्ताहरूले एयरड्रप, ब्लुटुथ वा अन्य कुनै एप नै प्रयोग नगरी एउटा डिभाइसबाट अर्को डिभाइसमा तीनवटा औंलाको भरमा फाइल ट्रान्सफर गर्न सकिन्छ अथवा एउटा डिभाइसबाट कपि गरेर अर्को डिभाइसमा पेस्ट गर्न सकिन्छ ।

उदाहरणको लागि तपाईंले आईफोनमा खिचेको फोटो तपाईं आफ्नो आईप्याडमा राख्न चाहनुहुन्छ भने यो फिच प्रयोग गर्न सक्नुहुन्छ ।

आफूले चाहेको फोटोमा तीनवटा औंलाहरू एकैपटक स्वाइप गर्नुहोस् अनि आईप्याडमा फोटो पेस्ट गर्न चाहेको ठाउँमा तीनवटा औंलाहरू स्क्रिनमा फिजाउनुहोस् । यसरी एउटा डिभाइसबाट अर्को डिभाइसमा फोटोहरू कपि गरेर पेस्ट गर्न सकिन्छ । 

यसको लागि तपाईंले आफ्नो डिभाइसमा ‘ह्यान्डअफ’ फिचर भने इनेबल गरेको हुनुपर्नेछ । 

– सेटिङमा जानुहोस् 

– जेनरलमा क्लिक गर्नुहोस् 

– ह्यान्डअफ अप्सनमा क्लिक गर्नुहोस् 

यो फिचर सबै डिभाइसमा प्रयोग गर्नको लागि तपाईंको डिभाइसमा ह्यान्डअफ फिचर भने इनेबल भएको हुनुपर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३