close

अब पोस्ट भएका ट्वीट एडिट गर्न मिल्ने

टेकपाना टेकपाना

चैत १९, २०७८ १३:२२

अब पोस्ट भएका ट्वीट एडिट गर्न मिल्ने

काठमाडौं । ट्वीटरमा एकपटक ट्वीट गरिसकेपछि फेरि एडिट गर्न मिल्दैन । यसले गर्दा कहिलेकाहिँ गलत लेखेमा त्यसलाई सही बनाउन प्रायजसो पोस्ट भएको ट्वीटमा थ्रेड राख्ने गरिन्छ ।

तर अब भने ट्वीटरले पोस्ट भइसकेको ट्वीटलाई पनि एडिट गर्न मिल्ने फिचर ल्याउने संकेत गरेको छ । यद्यपि यो फिचर साँच्चै आउन लागेको हो वा होइन भन्ने विषयमा भने शंका छ ।

ट्वीटर सामान्यतया आफ्ना नयाँ फिचर लगायत अन्य सूचनाहरू आफ्नै ट्वीटर अकाउन्ट मार्फत दिने गर्छ । यो एडिट बटन अथवा एडिट गर्न मिल्ने फिचरको विषयमा पनि कम्पनीले आफ्नो ट्वीटर मार्फत जानकारी दिएको छ ।

शुक्रबार ट्वीट गर्दै कम्पनीले ‘एडिट बटन’ मा आफूहरू काम गरिरहेको भनेर ट्वीट गरेको छ । तर यो ट्वीट धेरैले विश्वास गरेका छैनन् । किनभने ट्वीट शुक्रबार अंग्रेजी तारिख अप्रिल १ को दिन पोस्ट गरिएको छ ।

अप्रिल १ लाई अप्रिल फुल्स डे अर्थात अरुलाई झुक्याउने दिनको रुपमा मनाइन्छ । यो दिनमा कम्पनीले आफ्नो नयाँ फिचरको बारेमा ट्वीट गरेको भएर पनि धेरैले यो झुक्काएको मात्र हो भनेर पनि कमेन्ट गरेका छन् भने केहिले भने यो फिचर साँच्चै आउनेमा विश्वास गर्दै कम्पनीको प्रशंसा गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३