close

फाइल शेयर गर्ने सुपरफास्ट फिचर

हरिजङ्ग थापा हरिजङ्ग थापा

चैत १९, २०७८ २०:३५

फाइल शेयर गर्ने सुपरफास्ट फिचर

काठमाडाैं । मोबाइलबाट फाइल शेयर गर्न सघाउने एप्लिकेशनहरु दर्जनौं छन् । कुनै कुनै त यति चर्चित छन् कि, लाखौं पटक डाउनलोड भइसकेका छन् । तर सामसङ ग्यालेक्सी फाेन चलाउनुहुन्छ भने फाइल शेयरिङका लागि कुनै पनि एप इन्स्टल गर्न जरुरी छैन । किनकी ग्यालेक्सी फाेनमा ईनब्युल्ट रुपमा हुने क्विक शेयर सबैभन्दा बढी छिटो, छरितो र सुरक्षित छ ।

क्विक शेयर सामसङले आफ्ना मोबाइल फोन उपभोक्ताका लागि उपलब्ध गराएको फाइल शेयरिङ सेवा हो, जसबाट छोटो समयमा फोटो, भिडिओ वा अन्य फाइलहरु एउटा ग्यालेक्सी फोनबाट अर्को ग्यालेक्सी फोनमा सार्न सकिन्छ । फाइल सार्ने प्रविधि एक त ढिलो थियो, अनि अर्को खासै सुरक्षित र भरपर्दो थिएन ।

विभिन्न थर्ड पार्टी एप मोबाइलमा इन्स्टल गर्दा एक त स्टोरेज ओगट्छ । अर्को यस्ता एपमा धेरै विज्ञापनहरु देखिन्छन् । त्योसँगै मोबाइलमा विभिन्न मालवेयर पस्ने उच्च सम्भावना त छँदैछ, साथमा मोबाइल ह्याकिङ हुने जोखिम पनि उत्तिकै रहन्छ ।

त्यसैले फाइल शेयरिङ सेवालाई छिटो, छिरितोसँगै सुरक्षित र भरपर्दो बनाउन सामसङले क्विक शेयर टुल ग्यालेक्सी फाेनहरुमा ईनब्युल्ट रुपमा नै उपलब्ध गराएको हो । जसको लागि इन्टरनेट चाहिँदैन ।

वाई-फाई डाइरेक्टको सहायताले यसबाट फाइल शेयर हुन्छ । अर्थात वाईफाई कनेक्ट नभएपनि दुवै फोनमा वाई-फाई चाहिँ हुनुपर्छ । यो सेवा लिन एकदमै सजिलो छ ।

क्विक प्यानलमा हेर्नुभयो भने त्यहाँ तपाईंले क्विक शेयर देख्न सक्नुहुन्छ । यहाँ भेट्टाउनुभएन भने +Icon मा थिचेर त्यहाँ रहेको Quick Share Button लाई ड्र्याग गरेर क्विक प्यानलमा सेट गर्न सकिन्छ ।

अब फाइल शेयर गरेर हेरौं । फाइल आदानप्रदान गर्नका लागि पठाउने र पाउने दुवै ग्यालेक्सी फाेनकाे Quick Share अन गर्नुहोस् । त्यहाँ लङ प्रेस गर्नुभयो भने सेटिङ पेज खुल्छ । जसबाट कन्ट्याक्टमा भएका मान्छेलाई मात्रै वा जो कोहीलाई फाइल शेयर गर्न अनुमित दिने भनेर अप्सन सेलेक्ट गर्न मिल्छ । त्यसको तल फोनको नाम Edit गर्ने अप्सन छ ।

अब जुन फोनबाट फाइल पठाउने हो, त्यो फोनको ग्यालरीवा My Files मा गएर आफूले शेयर गर्न चाहेको Photo, Video फाइल अथवा फोल्डर सेलेक्ट गर्नुहोस् । लगत्तै तलपट्टि शेयर Icon देखिन्छ । त्यसमा क्लिक गर्नुभयो भने फाइल शेयरका लागि विभिन्न अप्सनहरु देखिन्छ ।

ग्यालेक्सी फाेनबाट ग्यालेक्सी फोनमै फाइल शेयर गर्नका लागि चाहिँ Quick Share सेलेक्ट गर्नुहोला । यदि अन्य एन्ड्रोइड फोनमा फाइल शेयर गर्न चाहनुहुन्छ भने पनि थर्ड पार्टी एप इन्स्टल गर्न जरुरी छैन ।

किनकि अधिकांश Android Phone मा Nearby Share फिचर Inbuilt रुपमा नै रहेको हुन्छ । यो पनि फास्टसँगै सुरक्षित छ । म दुवै फाइल शेयरिङ एपबाट फाइल सेयर गरेर चेक गर्छु कुन फास्ट हुँदोरहेछ ।

मैले शेयर गर्न लागेको फाइलको साइज १ जीबी छ । जसलाई अर्को मोबाइलमा सार्न मैले Quick Share सेलेक्ट गरेँ । अब यो फोनले फाइल सेयरको लागि नजिकमा रहेको अर्को फोन खोज्दैछ ।

नजिकै रहेको अर्को फोनमा Quick Share अन छ र Setting मा Everyone Select भएको छ भने त्यो फोनको नाम यहाँ देखा पर्छ ।

जब फोनको नाम यहाँ देखा पर्छ त्यसलाई सेलेक्ट गरेपछि जुन फोनमा फाइल पठाउन खोजेको हो, उक्त फोनबाट फाइल शेयरको अनुमति दिनुपर्छ । अब टाइमर पनि सुरु गरिहालौं, किनकि यति गरेसँगै फाइल शेयरिङको काम सुरु हुन्छ। 

नतिजा

Quick Share मार्फत लगभग 1 GB को फाइल Galaxy to Galaxy Phone मा ट्रान्सफर हुन १ मिनेट १५ सेकेण्ड समय लाग्यो। अब Nearby share बाट यहि फाइल अर्को ग्यालेक्सी फोनमा सेयर गरेर हरौं। 

नतिजा

Nearby Share मार्फत Galaxy Phone to अरु Android Phone मा यो फाइल ट्रान्सफर हुन १ मिनेट ३६ सेकेण्ड समय लाग्यो। यसरी हेर्दा Galaxy to Galaxy Phone मा फाइल सेयर गर्न Quick Share ले अझै Quick काम गर्न सक्दोरहेछ। ग्यालेक्सी फोनबाट अन्य Android Phone जसमा Quick Share छैन त्यस्तो अवस्थामा चाहिँ Nearby Share को उपयोग गर्दा उपयुक्त हुन्छ। Galaxy Phone बाट Galaxy Phone मै फाइल सार्नका लागि चाहिँ Quick Share नै सुपरफास्ट छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३