close

भायानेट रिफर गर्दा तीन महिनाको इन्टरनेट र डुअल ब्याण्ड राउटर सित्तैमा पाइने

टेकपाना टेकपाना

चैत २१, २०७८ ११:१४

भायानेट रिफर गर्दा तीन महिनाको इन्टरनेट र डुअल ब्याण्ड राउटर सित्तैमा पाइने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै साओमीको मि डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन् ।

यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट सित्तैमा पाउनेछन् । त्यस्तै ९० दिनभित्र कुनै पनि भायानेटको ग्राहकले तीनजना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक रिफर गरे तीन महिनाको इन्टरनेटसँगै मि डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।

रिफरल इनामको लागि योग्य हुन ग्राहकले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्ने बताइएकाे छ । कम्पनीका अनुसार ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउनेछन् ।

ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लगईन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन् ।

कम्पनीले प्रत्येक हप्ता मि डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम सङ्कलन गर्न सम्पर्क गर्नेछ ।

भायानेटले नेपालका सबैजसो मुख्य सहरहरूमा इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीकाे अल्ट्रा–फाई लाइनअप अन्तर्गत १७५ एमबीपीएसको इन्टरनेटसँगै २ ओटा भायाटिभीहरू पनि उपलब्ध छन् । यसको मूल्य रू. १२५० प्रति महिना रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५