close

१२ सय रूपैयाँमा क्लासिक टेकको २२५ एमबीपीएस इन्टरनेट र आईपी टिभी

टेकपाना टेकपाना

चैत २२, २०७८ ८:३१

१२ सय रूपैयाँमा क्लासिक टेकको २२५ एमबीपीएस इन्टरनेट र आईपी टिभी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले पुरानै मूल्यमा उच्च गतिको इन्टरनेट दिने भएको छ ।

यसअन्तर्गत ग्राहकले मासिक ११९९ रूपैयाँमा २२५ एमबीपीएस गतिको इन्टरनेट र साथमा निःशुल्क आईपीटिभी सेवा प्राप्त गर्नेछन् ।

यसअघि यो मूल्यमा कम्पनीले १५० एमबीपीएसको इन्टरनेट प्रदान गर्दै आएको थियो ।

यो प्याकेज अन्तर्गत ग्राहकले ५ गिगाहर्ज ओएनयू मेश राउटर, अनलिमिटेड युट्युव, १७५ भन्द बढी टिभी च्यालल र स्मार्ट सेटटप बक्स निःशुल्क पाउनेछन् ।

साथै जडान खर्चसमेत निःशुल्क हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५