close

ह्याक भएको ओएसआर डिजिटलको युट्युव च्यानल फिर्ता

टेकपाना टेकपाना

चैत २२, २०७८ १३:२

ह्याक भएको ओएसआर डिजिटलको युट्युव च्यानल फिर्ता

काठमाडौं । ओएसआर डिजिटलको युट्युव च्यानल फिर्ता आएको छ । नेपालकै धेरै सब्स्क्राइबर हुने युट्युव च्यानलमध्ये एक ओएसआर डिजिटल सोमबार ह्याक भएको थियो ।

ह्याक भएसँगै च्यानलमा रहेका भिडिओ सामग्री गायब भएका थिए भने लोगो परिवर्तन गरिएको थियो । ओएसआर डिजिटल प्रालिद्वारा सञ्चालित यो च्यानलले नेपाली सिनेमा क्षेत्रका विभिन्न क्रियाकलाप समेट्दै आएको छ ।

ह्याक पश्चात् सो च्यानलमा रहेको स्वस्तिमा खड्काद्वारा अभिनित ‘चिसो मान्छे’ फिल्मको टिजर लगायत अन्य भिडिओ हाइड गरिएको थियो ।

केही दिनअघि मात्र बुढासुब्बा डिजिटलको युट्युव च्यानल ह्याक भएको थियो । पछिल्लो समय चर्चित युट्युव च्यानल ह्याक हुने क्रम रोकिएको छैन ।

सम्बन्धित समाचार: एकपछि अर्को किन ह्याक हुँदैछन् नेपाली युट्युव च्यानल ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५