close

सामसङको नयाँ वर्ष अफर : टिभी, रेफ्रिजेरेटर र वासिङ मसिनमा विशेष छुट

टेकपाना टेकपाना

चैत २२, २०७८ १३:४४

सामसङको नयाँ वर्ष अफर : टिभी, रेफ्रिजेरेटर र वासिङ मसिनमा विशेष छुट

काठमाडौं । सामसङ नेपालले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याउँ यसपाली’ योजना सञ्चालन गरेको छ ।

आउँदो जेठ १ गतेसम्म अथवा स्टक रहुन्जेलसम्म ग्राहकले सामसङका टिभी तथा डिजिटल अप्लायन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

यो योजना सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मसिन खरिदमा लागू गरिएको छ । यसअनुसार सामसङको लाइफस्टाइल टिभी द फ्रेम, खरिद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

१०० प्रतिशत कलर भोल्युम क्वान्टम डट प्रविधिको क्यूएलईडी टिभी २० प्रतिशतसम्म र सबैभन्दा लोकप्रिय क्रिस्टल फोरके यूएचडी टिभी २० प्रतिशतभन्दा ज्यादा छुटमा उपलब्ध छ ।

त्यस्तै पीसी मोड, म्युजिक सिस्टमजस्ता विशेषताले नौलो रोमाञ्चक अनुभूति प्रदान गर्ने सामसङ स्मार्ट टिभीमा अधिकतम २५ प्रतिशतसम्म छुट पाइन्छ ।

यसैगरी सामसङको ५७९ लिटर क्यापासिटिको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, ३१४ लिटर क्षमताको कर्ड माइस्त्रो र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजेरेटर र सिंगल डोर रेफ्रिजेरेटरमा २२ प्रतिशतसम्मको क्यासब्याक अफर दिइएकाे छ ।

यस्तै ८ केजी, ९ केजी र १२ केजी क्यासिटीमा उपलब्ध हाइजिन स्टिमयुक्त सामसङ फ्रन्ट लोड वासिङ मसिनमा पनि १७ प्रतिशतसम्म क्यासब्याक अफर दिइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५