close

डिजिटल अर्थतन्त्र निर्माणमा ह्वावेको योगदान

टेकपाना टेकपाना

चैत २३, २०७८ १९:४

डिजिटल अर्थतन्त्र निर्माणमा ह्वावेको योगदान

साइमन लिन,
अध्यक्ष, ह्वावे एसिया प्यासिफिक

एसिया प्रशान्त डिजिटल रूपान्तरणका लागि अवसरहरू सहित परिपक्व बन्दै गएको छ । अझ महामारीले यसलाई थप गति दिएको छ । फाइभजी रोलआउटसँगै कनेक्टिभिटी, क्लाउड, एआई, कम्प्युटिङ र औद्योगिक एप्लिकेसन सबै एक ठाउँमा हुँदा आईसीटी क्षेत्रका लागि महत्त्वपूर्ण अवसरहरू सिर्जना भइरहेका छन् ।

एसियन इकोनोमिक इन्ट्रिग्रेसन रिपोर्ट २०२१ एसिया प्रशान्तले हाल वार्षिक १.७ ट्रिलियन डलर लाभांश हासिल गरिरहेको देखाएको छ । यो आँकडा सन् २०२५ सम्म पुग्दा वार्षिक ८.६ ट्रिलियन डलरभन्दा बढी हुने आँकलन छ ।

डिजिटल प्रविधिको बढ्दो प्रयोगले २०२५ सम्म यस क्षेत्रमा वार्षिक ६५ मिलियन नयाँ रोजगारी सिर्जना हुने देखिएको छ । यस्तोमा अझ पछिल्लो समय रिसर्च एण्ड डेभलपमेन्टमा भएको लगानीले ठूला अवसर सिर्जना गरिरहेको छ ।

ह्वावेले व्यावसायिक रणनीतिसँगै डिजिटल पावर र क्लाउडमा आधारित कनेक्टिभिटी र कम्प्युटिङमा गरेको विकासले एसिया प्रशान्तको डिजिटल अर्थतन्त्रलाई डोर्‍याउन मद्दत पुगेको छ ।

डिजिटल ट्रेण्डले ल्याएको अवसर

कोभिड-१९ ले डिजिटल रुपान्तरणमा नयाँ अवसर सिर्जना गरिरहेको छ । यसले ल्याएको नयाँ अवसरहरुले मलाई पुनः उर्जावान बनाएको छ । सन् २०२२ मा पनि ह्वावेको पुरानै भिजन र मिशन जारी नै छ ।

जसले हरेक व्यक्ति, घर र संगठनलाई डिजिटल रुपमा पूर्णरुपमा कनेक्ट गराउने छ । मोबाइल वर्ल्ड कंग्रेस-२०२२ भर्खरैमात्र सकिएको छ । त्यहाँ प्रस्तुत भएका हाम्रा उत्पादनले कम्पनीको सन् २०३० भिजनलाई दर्शाउन सफल भएको छ ।

सन् २०३० सम्म प्रविधिले मानव जीवन उद्योग, समाज र अर्थतन्त्रमा कसरी प्रभाव पार्छ भन्ने कुरालाई केलाएर ह्वावेले चार विभिन्न क्षेत्रमा काम गरिरहेको छ ।

जसमा डिजिटल जीवन शैली, डिजिटल उद्योग, डिजिटल पूर्वाधार र डिजिटल क्यारियर रहेको छन् । डिजिटल जीवनशैली अन्तर्गत एक्सआर र परिष्कृत मल्टिमिडियाले म्युजियम भ्रमणदेखि किनमेलसम्म सबै कुरालाई पुनः परिभाषित गर्नेछ ।

डिजिटल इन्फ्रास्ट्रक्चरले उद्योगमा हुने विद्युत खपतलाई ४२ प्रतिशतले कम गर्दै हरित उर्जाको खपतलाई बढाउने मद्दत गर्नेछ । डिजिटल क्यारियरले २०० बिलियन भन्दा बढी कनेक्सनहरूलाई  सपोर्ट गरी उद्योगलाई थप कम्प्युटिङ र स्टोरेज क्षमताहरू प्रदान गर्नेछ । 

डिजिटल पूर्वधारमा नयाँ आविष्कार

आधारभुत रुपमा हाम्रो भविष्य तीन ड्राइभिङ फोर्सेसमा आधारित हुनेछः व्यापार, प्रविधि र दिगोपन । डिजटाइजेसन र सेवा सुधारका लागि विभिन्न उद्योगमा डिजिटल प्रविधि बढ्दो खपतले व्यापार विस्तारलाई मद्दत पुर्‍याउने छ ।

त्यस्तै दोस्रोमा प्रविधिमा आधारित फाइभजी एड्भान्स, सिक्सजी, आईपीभीसिक्स र कम्प्युटिङ प्रविधिले नयाँ एप्लिकेसनलाई विस्तार गर्नेछ ।

अन्तमा, हरित विकास, सामाजिक उत्तरदायित्व र द्रुत प्रतिक्रिया समावेश दिगो विकासले मानिसहरूको जीवनमा गहिरो परिवर्तन ल्याउनेछ ।

कनेक्टिभिटी र क्लाउड डिजिटल रुपान्तरणको जीवनरेखा हुन् । तर यो क्षेत्रको डिजिटल पूर्ण भइसकेको छैन । ह्वावे ग्लोबल कनेक्टिभिटी इन्डेक्सले भारत, इन्डोनेसिया र फिलिपिन्स क्रमशः ६३, ५८ र ५९ श्रेणीमा र सिंगापुर दोस्रो श्रेणीमा रहेको देखाएको छ ।

सिंगापुर र थाइल्याण्डसँग तुलना गर्दा फिलिपिन्स र इन्डोनेसियाको फिक्स्ड ब्रोडब्यान्ड गति सबैभन्दा कम रहेको छ । यस क्षेत्रमा क्लाउडको पहुँच २० प्रतिशतभन्दा कम रहेको छ । फोरजी मोबाइल कभरेज फिक्स्ड ब्रोडब्यान्डको तुलनामा दाेब्बर रहेको छ ।

ह्वावेको ‘टेकफरअल’ पहल अन्तर्गत सन् २०१७ मा अघि बढाइएको ‘ग्रामीण स्टार’ कार्यक्रमले अविकसित क्षेत्रमा इन्टरनेट र कनेक्टिभिटी उपलब्ध गराउँदै आएको छ । जसअन्तर्गत पहिलो वर्षमा थाइल्याण्ड र इन्डोनेसिया लगायत आठ देशका १२ सेवा प्रदायकसँग सहकार्य भएको थियो ।

उक्त सहकार्यले त्यहाँका ग्रामिण भेगमा इन्टरनेट कनेक्सनका साथै नयाँ प्रविधि आत्मासाथ गर्ने मद्दत पुर्‍याएको छ ।

डिजिटल अर्थतन्त्रको अवसरयुक्त एसिया प्रशान्त

विश्वको सबैभन्दा धेरै जनसंख्या तथा विविध क्षेत्र भएको एसिया प्रशान्त डिजिटल अर्थतन्त्रमा सबैभन्दा अघि छ । त्यो हिसाबले यस क्षेत्रको डिजिटल अर्थतन्त्रको थप विकास र डिजिटल रूपान्तरणमा धेरै अवसरहरु हामीले देखेका छौं ।

हामीले यस क्षेत्रका धेरै देशहरूले देशको डिजिटाइजेशनका लागि आवश्यक नीतिहरु जारी गरेको पनि देखिरहेका छौं । उदाहरणका लागि, सिंगापुरले आफ्नो स्मार्ट नेसन २०२५ को ब्लुप्रीन्ट जारी गरेको छ ।

इन्डोनेसिया र मलेसिया, बंगलादेश, थाइल्याण्ड, नेपालले आसियानमा डिजिटल हब बन्ने आफ्नो भिजन सार्वजनिक गरिसकेका छन् ।

एसियाली देशहरुले जारी गरेका नीतिलाई सफल बनाउन हामी प्रमुख योगदानकर्ताको रूपमा सहकार्य गर्नछौ । त्यसका लागि हाम्रो ध्यान मुख्यतः तीन क्षेत्रमा काम गरिरहेका छौं, जसमा कनेक्टिभिटी र इन्टेलिजेन्स, कार्बन उत्सर्जन कम गर्ने र डिजिटल समावेशिता हुन् ।

डिजिटल कनेक्टिभिटीमा फोरजी, फाइभजी, फाइबर र आईओटी डिजिटल इकोनोमीको सबैभन्दा महत्वपुर्ण आधार हुन् । कोभिडसँगै डिजिटल उपभोग बढेको छ ।

यस्तोमा ह्वावेले उत्पादन र सोलुसनमा मात्र नभई आधारभूत सिद्धान्त, अनुसन्धान र औद्योगिक डिजाइनमा निकै महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५