close

पैसा नलाग्ने टोल फ्रि नम्बरबाट बजेट सम्बन्धी सुझाव लिँदै अर्थ मन्त्रालय

टेकपाना टेकपाना

चैत २३, २०७८ १९:४४

पैसा नलाग्ने टोल फ्रि नम्बरबाट बजेट सम्बन्धी सुझाव लिँदै अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि अर्थमन्त्रालयले सुझाव सङ्कलन कार्य अगाडि बढाएको छ । मन्त्रालयले भौतिक रुपमा छलफलमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ । 

सर्वसाधारणले ११३८ नम्बरको टोल फ्रि नम्बरमा कल गरी आगामी बजेट सम्बन्धमा आफ्नो सुझाव टिपाउन सक्नेछन् । यो नम्बरमा फोन गर्दा कुनै पनि शुल्क लाग्दैन । कार्यालय समयमा फोन गरी सुझाव दिन सकिने टोल फ्रि नम्बरमा उत्साहजनक हिसाबले सुझावहरू प्राप्त भइरहेको अर्थमन्त्रालयले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५