close

इन्टरनेट विस्तारमा सक्रिय हुँदै डिशहोम, थप ३ ठाउँमा शोरूम

टेकपाना टेकपाना

चैत २४, २०७८ १४:२७

इन्टरनेट विस्तारमा सक्रिय हुँदै डिशहोम, थप ३ ठाउँमा शोरूम

काठमाडौं । डिशहोम फाइबरनेटले बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न उद्देश्यले थप तीन ठाउँमा शाेरूम सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत तिलाचौर, महेन्द्रनगर र कञ्चनपुरमा कम्पनीले फाइबरनेट शाेरुम विस्तार गरेकाे हाे ।

यी शाेरुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्ने डिशहाेमले जनाएको छ ।

शाेरुम उद्घाटनकाे अवसरमा डिशहोमका तर्फबाट चिफ अपरेटिङ अफिसर (सीओओ) स्वाइन बिलिङ, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेसनल सेल्स म्यानेजर मनोज शर्मा लगायतको उपस्थिति थियाे ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्‍याउँदै आएको मौभेरा मनि ट्रान्सर्फरले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शाेरुममार्फत दिने जनाइएकाे छ ।

यसैबीच डिशहोमले ‘एक वर्षमा २४ महिना अफर’ ल्याएको छ । नयाँ वर्षलाई लक्षित गरी ल्याइएको यो अफरमा ग्राहकले डिशहोममा एक वर्षका लागि वार्षिक रिचार्ज गर्दा २४ महिनासम्मको डिशहोम हेर्न पाउनेछन् ।

सोमबारदेखि सुरु भएको यो अफर सीमित अवधिका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ ।

त्यस्तै वार्षिक रिचार्ज गर्नेमध्येबाट हरेक हप्ता एक जनाले ‘लक्की ड्र’ मार्फत एक लाख रूपैयाँ नगद प्राप्त गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५