close

काठमाडौंमा शनिबार युथ कन्क्लेभ हुँदै, ५ हजार विद्यार्थी सहभागी हुने अनुमान

टेकपाना टेकपाना

चैत २४, २०७८ १३:५९

काठमाडौंमा शनिबार युथ कन्क्लेभ हुँदै, ५ हजार विद्यार्थी सहभागी हुने अनुमान

काठमाडौं । आउँदो शनिबार प्रज्ञा भवनमा काठमाडौं युथ कन्लेभ (केवाईसी) हुने भएको छ । युवा वर्गलाई लक्षित गर्दै विभिन्न कलेजले संयुक्त रुपमा यो सम्मेलन गर्न लागेका हुन् ।

कार्यक्रममार्फत युवाको नेतृत्व विकास, व्यवस्थापन र औद्योगिक सीप विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय र हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना हुनेछ ।

कार्यक्रममा कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरू गरेर करिब पाँच हजार युवा सहभागी हुने आयोजककाे अनुमान छ ।

सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नबिल बैंकका सीईओ अनिल केशरी, र्‍यापर तथा बालेन शाह, पर्यटन व्यवसायी कर्ण शाक्य, गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुशी राणा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ लगायतको सहभागिता रहने जनाइएको छ ।

सहभागीहरूले आफ्नो ज्ञान र अनुभवलाई युवामाझ प्रस्तुत गर्नेछन्, जसले नयाँ पुस्तालाई दिशानिर्देश गर्ने, उद्यमशीलतालाई बढवा दिन, परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउने समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५