close

तीन महिनामै सामसङले कमायो १४ खर्ब नाफा

टेकपाना टेकपाना

चैत २५, २०७८ ८:११

तीन महिनामै सामसङले कमायो १४ खर्ब नाफा

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले सन् २०१८ पछि पहिलो पटक कुनै पनि त्रैमासिकमा हालसम्मकै धेरै आम्दानी गर्न सफल भएको छ । कम्पनीले बिहीबार सन् २०२२ को पहिलो त्रैमासिक प्रतिवेदनबारे जानकारी दिएको छ ।

जसअनुसार पहिलो त्रैमासमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि हुने देखिएको छ । यसकाे कारण मेमोरी चिप तथा स्मार्टफोनलाई लिइएको छ ।

सामसङ हाल विश्वकै सबैभन्दा ठूला मोबाइल तथा मेमोरी चिप निर्माता कम्पनीको रुपमा रहेको छ । यस्तोमा कोरोनासँग सुरु भएको चिप अभावका बीच कम्पनीको चिपको अत्याधिक माग बढ्दो कम्पनीले यो सफलता हात पार्न सफल भएको हो ।

कम्पनीका अनुसार सन् २०२२ को पहिलो तीन महिनामा कम्पनीको नाफा ११‍.६ अर्ब अमेरिकी डलर (१४ खर्ब १३ अर्ब रूपैयाँ बढी) रहेको छ ।

हुन त यो अडिट भएकाे डेटा भने होइन । कम्पनीले यो अवधिकाे अनुमानित नाफा आँकलन गर्दै यसबारे जानकारी दिएको हो । कम्पनीको आम्दानी समेत गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले वृद्धि भएको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५