close

टेलिकमको प्रबन्ध निर्देशकमा उपयुक्त व्यक्ति मनोनयन भएकाे सञ्चारमन्त्रीको दाबी

टेकपाना टेकपाना

चैत २५, २०७८ १३:३७

टेलिकमको प्रबन्ध निर्देशकमा उपयुक्त व्यक्ति मनोनयन भएकाे सञ्चारमन्त्रीको दाबी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकममा प्रबन्ध निर्देशकको नियुक्ति प्रतिस्पर्धाबाटै भएको दाबी गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकका निर्णयहरू सार्वजनिक गर्दै मन्त्री कार्कीले सुनिल पौडेलको नियुक्ति निष्पक्ष भएको बताएका हुन् ।

बिहीबार मन्त्रिपरिषद्‌ले पौडेललाई टेलिकमको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । यद्यपि यो निर्णय प्रतिस्पर्धात्मक रूपबाट नभएको भन्दै टेलिकमका कर्मचारी संगठनहरूले आवाज उठाउँदै आएका छन् ।

यही विषयलाई लिएर शुक्रबार बिहान सम्पन्न मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चार मन्त्री तथा सरकारका प्रवक्तालाई प्रश्न गरिएको थियो । उक्त प्रश्नको जवाफमा उनले प्रबन्ध निर्देशकको नियुक्ति प्रतिस्पर्धात्मक ढंगले नै भएको दाबी गरेका छन् । ‘हामीले प्रतिस्पर्धीद्वारा जो व्यक्तिलाई मनोनयन गरेका छौं, उपयुक्त भएर मनोनयन गरेका हौं,’ उनले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५