close

कम्प्युटरमै यसरी हेर्नुहोस् मोबाइलको नोटिफिकेसन

टेकपाना टेकपाना

चैत २६, २०७८ १४:१५

कम्प्युटरमै यसरी हेर्नुहोस् मोबाइलको नोटिफिकेसन

काठमाडौं । सन् २०१९ मा माइक्रोसफ्टले विन्डोजबाट एन्ड्रोइडका नोटिफिकेसनहरू पाउन सकिने फिचर सार्वजनिक गरेको थियो । त्यो समयदेखि नै एन्ड्रोइड प्रयोगकर्ताले विन्डोज १० र ११ मा आफ्नो फोनको नोटिफिकेसन पाउन सक्छन् ।

यो फिचर अन्तर्गत प्रयोगकर्ताले आफ्नो मोबाइलमा आएको नोटिफिकेसन कम्प्युटरबाटै रिप्लाई गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलमा एउटा एप इन्स्टल गर्नुपर्ने हुन्छ ।

केही समय अगाडि मात्र कम्पनीले ‘योर फोन’ नामक यो एपलाई रिब्रान्ड गरेर ‘फोन लिंक’ नाम दिएको छ । यो फिचर प्रयोग गर्न तल दिइएका प्रक्रिया पुरा गर्नुहोस् । 

– आफ्नो कम्प्युटरमा माइक्रोसफ्ट स्टोरमा गएर ‘फोन लिंक’ डाउनलोड गरी इन्स्टल गर्नुहोस् ।

– एप इन्स्टल गरेपछि एप ओपन गरेर ‘गेट स्टार्टेड’ मा क्लिक गर्नुहोस् ।

– आफूले चाहेको माइक्रोसफ्ट अकाउन्टमा क्लिक गर्नुहोस् ।

– यसपछि आफ्नो फोनमा ‘लिंक टु विन्डोज’ एप इन्स्टल गर्नुहोस् ।

– फोनमा सो एप ओपन गर्नुहोस् र लिंक योर फोन एन्ड पीसी अप्सनमा क्लिक गर्नुहोस् ।

– यसपछि कम्प्युटरमा गएर क्यूआर कोड मार्फत फोनको लिंक कनेक्ट गर्नुहोस् ।

– एपले मागेको विभिन्न अनुमतिहरूमा ‘अलाउ’ अप्सनमा क्लिक गर्नुहोस् ।

– दुवैतिर एप एक आपसमा कनेक्ट भएपछि फोन र कम्प्युटर दुवैमा एप प्रयोगको लागि तयार भएको नोटिफिकेसन आउँछ । 

– यसपछि आफ्नो कम्प्युटरमा जानुहोस् र सो एपलाई विन्डोजको टास्कबारमा पिन गर्नुहोस् ।

यो सबै प्रक्रिया पूरा गरिसकेपछि यो एपमार्फत तपाईंले कस्तो-कस्तो सुविधा पाउन सक्नुहुन्छ भन्ने लगायतका विषयमा परिचयात्मक सामग्रीहरू आउनेछ ।

साथै यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विवरण पनि उपलब्ध हुन्छ । यसरी तपाईंले सहजै आफ्नो डेस्कटपमा मोबाइलको नोटिफिकेसन हेर्न तथा म्यासेजहरू रिप्लाई गर्ने लगायतका काम सहजै गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५