close

ट्वीटरमा संवेदनशील सामग्री राख्दै हुनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् ‘कन्टेन्ट वार्निङ’ फिचर

टेकपाना टेकपाना

चैत २६, २०७८ २०:५२

ट्वीटरमा संवेदनशील सामग्री राख्दै हुनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् ‘कन्टेन्ट वार्निङ’ फिचर

काठमाडाैं । ट्वीटरमा सामान्य समाचार तथा फोटोमात्र अपलोड गरिँदैन । यसमा विश्वका विभिन्न दुर्घटना तथा नाङ्गो तस्वीर पनि अपलोड गरिन्छ । जुन सबैका लागि उपयोगी हुँदैन ।

यस्तोमा फोटो अथवा भिडिओ प्रयोगकर्ताले हेर्नुभन्दा अगाडि उनीहरुलाई सो कन्टेन्टको बारेमा जानकारी गराउन कन्टेन्ट वार्निङको प्रयोग गरिन्छ ।

अब यसलाई कसरी हामीले प्रयोग गर्न सक्छौं, त्यस बारेमा बुझौँ ।

-यसका लागि सबैभन्दा पहिले ट्वीटर खोल्नुहोस् र ट्वीट बटनलाई थिच्नुहोस् ।

-त्यसपछि आफूले चाहेको फोटो तथा भिडिओलाई अपलोड गर्नुहोस् ।

-त्यसपछि थ्री डटमा क्लिक गर्नुहोस् ।

-यसपछि झन्डा जस्तो आइकनमा थिच्नुहोस् ।

यति गर्दा तपाईं कन्टेन्ट वार्निङ पेजमा आइपुगी सक्नुभएको छ । यहाँ तपाईँहरूले आफूले अपलोड गर्न चाहेको कन्टेन्ट कस्तो प्रकारको हो ,त्यसै अनुसार सेन्सिटिभ, भायाेलेन्स तथा न्युडिटीलाई छान्नुहोस् ।

यसरी अपलोड गर्दा तपाईंले अपलोड गरेको कन्टेन्ट जो-जोसम्म पुग्छ, त्यहाँ कन्टेन्ट देखाउनु भन्दा पहिले वार्निङ देखाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४