close

५० मेगापिक्सेल सेल्फी क्यामेरा भएको भिभो स्मार्टफोन नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

चैत २७, २०७८ १२:३५

५० मेगापिक्सेल सेल्फी क्यामेरा भएको भिभो स्मार्टफोन नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । भिभोले नेपाली बजारमा आफ्नो तीनवटा स्मार्टफोन सार्वजनिक गरेको छ । ‘भी’ सिरिजको एउटा (भी २३ फाइभजी) र वाई सिरिजको दुईवटा (वाई ३३ एस र वाई जिरो वन) स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका हुन् ।

सार्वजनिक भएका तीन स्मार्टफोन मध्ये भी २३ फाइभजीमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित फ्रन्टमा ५० मेगापिक्सेलको पोर्ट्रेट सेल्फी क्यामेरा र ८ मेगापिक्सेलको सुपर वाइड एङ्गल क्यामेरा उपलब्ध छ ।

फोनमा ९० हर्जको ६.४४ इन्चको एमोलेड डिस्प्ले छ भने मिडियाटेक डाइमेन्सिटि ९२० फाइभजी प्रोसेसर प्रयोग गरिएको छ । यो फोन ८ जीबी र्‍याम सहित १२८ जीबीको स्टोरेजमा उपलब्ध छ । ४,२०० एमएएच ब्याट्री भएको यो फोनको मूल्य ५५,९९९ रुपैयाँ तोकिएको छ ।

यसैगरी वाई सिरिज तर्फ वाई३३ एसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको बुके क्यामेरा, २ मेगापिक्सेलको सुपर म्याक्रो क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।

६.५८ इन्चको डिस्प्ले भएको फोनमा मिडियाटेक एमटी६७६९ भी चिपसेट प्रयोग गरिएको छ । नेपाली बजारमा ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा उपलब्ध यो फोनको मूल्य २९,९९९ रुपैयाँ तोकिएको छ । 

यो सँगै सार्वजनिक भएको वाईजीरो वन फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

यसमा ६.५१ इन्चको डिस्प्ले उपलब्ध यो फोन २ जीबी र्‍याम र ३२ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ । यसको मूल्य १३,९९९ रुपैयाँ तोकिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४