close

नयाँ वर्षका लागि एनसेलले ल्यायो आकर्षक अफर, सस्तो कम्बो प्याकसँगै रिचार्जमा बोनस

टेकपाना टेकपाना

चैत २७, २०७८ १२:४१

नयाँ वर्षका लागि एनसेलले ल्यायो आकर्षक अफर, सस्तो कम्बो प्याकसँगै रिचार्जमा बोनस

काठमाडौं । नयाँ  वर्ष २०७९ को अवसरमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आकर्षक अफर सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूका लागि नयाँ वर्ष विशेष हुने गरी कम्वनफदर् ‘न्यु इयर कम्बो अफर’ र रिचार्ज योजना ल्याएको हो ।

यी अफर २७ चैत, आइतबारदेखि सञ्चालनमा आएका छन् । एनसेलले ‘न्यु इयर कम्बो प्याक’ अन्तर्गत आफ्ना ग्राहकहरूका लागि ७ दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याकेजहरू ल्याएको छ ।

जसमा प्याकेजअनुसार कम्पनीका ग्राहकले ‘अल नेट भ्वाइस (जुनसुकै कम्पनीको नम्बरमा कल गर्न सकिने)’, ‘अल टाइम डेटा (जुनसुकै समयमा प्रयोग गर्न सकिने)’, ‘अल नेट एसएमएस (जुनसुकै मोबाइल सेवाप्रदायकको नम्बरमा पठाउन सकिने) र नन् स्टप अन नेट भ्वाइस’ (एनसेलका नम्बरमा मात्रै कल गर्न सकिने) जस्ता आकर्षक सेवा बन्डलिङको रुपमा लिन सक्नेछन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

कम्बो प्याक अन्तर्गत ७ दिनको समयसीमा रहेको प्याकेजको मूल्य करसहित ९६ रुपैयाँ राखिएको छ । यो प्याकमा बन्डल गरिएको एक जीबी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सकिनेछ ।

त्यस्तै कम्पनीका  ग्राहकले १६८ रुपैयाँमा पाँच जीबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को सात दिने प्याक १६८ रुपैयाँ लिन सक्नेछन् । त्यस्तै एनसेलले २८ दिन समयसीमा रहेको प्याक पनि ल्याएको छ ।

जसअन्तर्गत कम्पनीका ग्राहकले २९८ रुपैयाँ पाँच जीबी डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक लिन चाहने ग्राहकले *१७१२३*१# डायल गर्नुपर्नेछ । 

त्यस्तै कम्बो प्याकअन्तर्गत नै विशेष गरी प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समयसीमा रहेका अन्य दुई प्याकहरू पनि रहेका छन् । जसमा ७९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन एक जीबी डेटा सहित नन् स्टप अन नेट कल सुविधा ९५ हजार मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रही, ५० मिनेट अफ नेट टकटाइम र १०० ओटा अलनेट एसएमएसको फाइदा लिन सक्नेछन् ।

त्यसै गरी २८ दिने प्याकमा ग्राहकले ९९८ रुपैयाँ हरेक दिन दुई जीबी डेटा २८ दिनसम्म, एनसेल नेटवर्कभित्र नन् स्टप कल सुविधा,  १०० मिनेट अफ नेट टक टाइम र २०० ओटा अल नेट एसएमएस पाउने छन् । यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्नेछन् ।

जसअनुसार ५० रुपैयाँदेखि ९९ रुपैयाँको रिचार्ज गर्ने ग्राहकले एक दिनको समय सीमा रहेको ५० एमबी डेटा सोसल प्याकको रुपमा प्राप्त गर्ने छन् । त्यस्तै गरी १०० रुपैयाँदेखि ९९ रुपैयाँको रिचार्जमा ग्राहकले तीन दिनको समय सीमा रहेको २०० एमबी सोसल प्याक र २०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले ७ दिनको समयसीमा रहेको ५०० एमबी सोसल प्याक पाउनेछन् ।

यसरी बोनसमा पाइने सोसल प्याकको डेटामा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउन सक्नेछन् । नयाँ वर्षको अवसरमा ल्याइएका यी नयाँ योजनाहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरूलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्त्व राख्ने कम्पनीको विश्वास छ । रिचार्ज योजना १५ दिनसम्मको लागि मात्र मान्य रहने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४