close

डेढ करोड नाघे फोरजी प्रयोगकर्ता

टेकपाना टेकपाना

चैत २७, २०७८ १७:१४

डेढ करोड नाघे फोरजी प्रयोगकर्ता

काठमाडौं । नेपालमा द्रुत गतिको मोबाइल इन्टरनेट सेवा फोरजीका प्रयोगकर्ता उल्लेख्य रुपमा बढेका छन् । पछिल्लाे एक प्रतिवेदन अनुसार नेपालमा फोरजी प्रयोगकर्ता डेढ करोड नाघेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको गत पुस मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालमा फोरजी प्रयोगकर्ता एक करोड ५० लाख ५८ हजार पुगेका छन् ।

यसअघि गत साउनसम्म फोरजी प्रयोग गर्नेको संख्या एक करोड ४४ लाख ८३ हजार थियो ।

दूरसञ्चार सेवा प्रदायकबीच फोरजी ग्राहक बढाउने प्रतिस्पर्धा र देशव्यापी रुपमा भइरहेको नेटवर्क विस्तारको प्रतिफल थ्रीजीभन्दा फोरजी प्रयोग गर्नेको संख्या थपिँदै गएको हो ।

यसरी एकातिर फोरजी बढ्दै गर्दा तेस्रो पुस्ताको प्रविधिको रुपमा हेरिएको थ्रीजीको प्रयोगकर्ता भने निरन्तर रुपमा घटिरहेका छन् । गएको असोजसम्म नेपालमा एक करोड २५ लाख ८७ हजार थ्रीजी ग्राहक थिए ।

सो संख्या कात्तिकमा आइपुग्दा एक करोड २४ लाखमा झरेको थियो । मंसिरमा आइपुग्दा एक करोड २२ लाखमा सीमित थ्रीजी ग्राहकको निरन्तर घट्ने क्रम भने रोकिएको छ ।

पुसमा थ्रीजी ग्राहकको संख्या मंसिरकै बराबरी रहेको छ ।

योसँगै नेपालमा इन्टरनेको पहुँच कूल जनसंख्याको १२२.५१ प्रतिशतमा पुगेको छ, जसमा फिक्स्ड इन्टरनेटको पहुँच ३०.९२ प्रतिशत रहको छ भने मोबाइल ब्रोडब्याण्ड ९०.९० प्रतिशत जनसंख्यामा पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४