close

दराजको नयाँ वर्ष अफरः निःशुल्क होम डेलिभरीसँगै ६० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

चैत २७, २०७८ १८:५७

दराजको नयाँ वर्ष अफरः निःशुल्क होम डेलिभरीसँगै ६० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो अनलाइन शपिङ साइट दराजले ‘नववर्ष २०७९- नयाँ रहर, नयाँ अफर’ नामक अभियान सुरु गरेको छ । कम्पनीले चैत २७ (अप्रिल १०) मध्यरातबाट सुरु हुने गरी आकर्षक अफर सहितको अभियान थालेको हो ।

यस वर्षको अभियान विगतका वर्षभन्दा फरक हुने र आफ्ना ग्राहकलाई थप आकर्षक र रोमाञ्चक शपिङ अनुभव प्रदान गर्ने दराजले बताएको छ ।

६० प्रतिशतसम्मको मेगा डिल, पाँच हजार रुपैयाँसम्मको विशेष छुट भाउचर, अनलाइन प्रि-पेमेन्टमा (बैंक कार्ड, ईसेवा र आईएमई पे वालेट) १५०० रुपैयाँसम्मको छुट, खेलमा १ रुपैयाँमार्फत् उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क होम डेलिभरी र बम्पर उपहारको रूपमा यदिया एस-लाइक  स्कुटर जित्ने मौका छ ।

नयाँ वर्षमा दराजले ल्याएको अफरको प्रमुख आकर्षणहरूमा पेमेन्ट पार्टनर छुट रहेको छ । जसमा कम्पनीका ग्राहकहरूले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा एक हजार रुपैयाँदेखि १५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

सानिमा बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, सनराइज बैंक, मेगा बैंक, बैंक अफ काठमाडौं, एनसीसी बैंक, र सेन्चुरी बैंकका कार्ड हुनेहरूले डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरे १५ प्रतिशत (अधिकतम १५०० रुपैयाँ) सम्मको छुट पाउनेछन् ।

त्यस्तै सांग्रिला बैंक, ज्योती विकास बैंक र मुक्तिनाथ बैंकका डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) छुट पाउन सकिने बताइएको छ ।

यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकको कार्ड भएका प्रयोगकर्ताले डेबिट तथा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) छुट पाउनेछन् । 

यस बाहेक दराजका ग्राहकले ई-सेवा र आईएमई-पे वालेट मार्फत् भुक्तानी गर्दा सीमित अवधिको लागि दश प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) सम्मको अतिरिक्त छुट पनि प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै ‘खेल एक रुपैयाँ’मा भाग लिने ग्राहकले सामसङ ग्यालेक्सी ए०३ कोर, रियलमी नार्जो ५० र वनप्लस १० प्रो फाइभजी जस्ता पुरस्कार केवल १ रुपैयाँमै हात पार्न सक्नेछन् । 

खेलमा भाग लिन चाहने ग्राहकले बैंक कार्ड, ई–सेवा वा आफ्नो आईएमई पे खाता प्रयोग गरी एक रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।  यदि पुरस्कार हात नलागेमा उक्त रकम फिर्ता हुने उल्लेख छ । 

साथमा ब्रान्डेड सामानमा विशेष छुट

यस क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिदमा ग्राहकहरूले ६० प्रतिशत सम्मको छुट पाउन सक्ने बताइएको छ । दराजको नयाँ वर्ष अभियानका लागि आमायरा फेशन हाउस, कन्भर्स नेपाल, रियलमी र वाउ डायमण्ड पार्टनरको रुपमा रहेका छन् ।

त्यस्तै प्लेटिनम पार्टनरहरूमा बियर्डो, सीजी डिजिटल, इभोस्टोर, ओलिज स्टोर, लोट्टो स्पोर्ट्स नेपाल, मसला बिड्स र फिलिप्स छन् । यस बाहेक एर्के, जुआस, कोन्का एन्ड फोर्स, मीमी नेपाल, क्यूएनयू फर्निचर, रोहटो मेन्थोलाटम नेपाल, पियाजाइटालिय र मन्त्र  गोल्ड पार्टनरको रुपमा रहेका छन् ।

यसका साथै अभियानमा एड टु कार्ट, ब्रान्ड अफ द डे, हट फिक्स, फलो एण्ड विन, दराज जेम्स, वान डे क्रेजी सेल र रिभिउ एण्ड विन समेत समावेश छन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४